पाण्डेयको मृत्युको कारण खुल्न सकेन

  • चैत्र १०, २०७७
  • ४६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमाअर पान्डेय, कपिलवस्तु  चैत । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २५ वर्षिय संजय पाण्डेय भन्ने सर्वेश पाण्डेयको मृत्यूको मुख्य कारण अहिले पनि खुल्न सकेको छैन् । शनिबार राती १०ः५५ बजे शुद्धोधन गाउँपालिका वडा नंं ४ मोतीबारीको सडकमा घाइते अवस्थामा पाण्डेयलाई प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राती ११ः४० बजे कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा पु¥याइएको थियो । उनलाई अस्पतालका डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षणपछि राती ११ः५५ मा मृत घोषणा गरिको थियो । प्राविधिक अनुसनधानले उनले अधिक मात्रामा मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । पाण्डेयको केही परिवार भारतको मुम्बई शहरमा बस्दै आएका छन् । उनका दाई महेश्वर पाण्डेयले ‘भाईको मृत्यूको खबरले मलाई बेहोस अवस्था बनाएको’ रुँदै भने । महेश्वरका अनुसार मृतक सर्वेशले बजारबाट मासु खरीद गरी साँझ घरमा राखी लबनी चोकमा पुगेर आउँछु भनेर घरबाट हिंडेका थिए । उनका अनुसार उनकै टोल दोहनी घर भएका एकजनाको रेष्टुरेन्ट पसलमा पसलेसंगै गएका थिए र आमाले भिडियो कल गर्दा पनि रातीसम्म उनीसंगै बसेका थिए । आमाले त्यो पसलेलाई मेरो बाबुलाई घरसम्म पु¥याउन भनेपछि सर्बेशलाई घरसम्म पु¥याउने जिम्मा लिएको तर चोकबाटै मेरो भाईलाई एक्ले पठाए जस्तो लागेको महेश्वरको भनाइ छ । उनी भन्छन ‘जुन पोलमा ठोक्किएको कुरा भनिएको छ त्यसमा कुनै किसिमको रगत नलागेको तर मेरो भाईलाई सुताइएको ठाउँमा मात्र रगत हुनु भाइको हत्या भएको शंका रहेको छ ।’ भाईको शरीरको घाउ हेर्दा कतै अन्य ठाउँमा मारेर हत्यालाई दुर्घटना बनाउन सडमा रहेको पोल नजिकै ल्याएर राखिएको जस्तो छ, उनले भने । महेश्वरले भन्दछन ‘मेरै टोलको सुरेन्द्र शुक्ल र महेन्द्र शुक्लसंग भाईको घटनाको २ दिन अगाडी झगडा परेको थियो उनीहरुले घरमै पुगेर मेरो भाईलाई पिटेका थिए । उनीहरुले भाईलाई एक–दुई दिनमा गायब गर्ने धम्की समेत दिएका थिए ।’ मृतकको परिवारले घटनाबारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अहिले यो घटना दुर्घटना जस्तो देखिएको छ । मृतकले घटना अघि धेरैजना संग फोन, एसएमएस, ह्वाटसप लगायत विभिन्न सामाजिक संजालमार्फत कुरा गरेका छन् । मृतकको मोबाइल फोनलाई जाँचबुझ गरी घटना अघि उनका सम्पर्कमा आएका व्यक्तिहरुसंग सोधपुछ गरिने प्रहरीले जनाएको छ । घटनाको मुख्य कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जिप्रका कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...