सिरहामा एउटै बेडमा सुतिरहेका दुई दिदीबहिनीलाई सर्पले टोक्यो, एकको मृत्यु

  • असोज ५, २०८३
  • ४९९ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ। स्थानीय उमेश कामतिका दुई छोरी बिहीबार विश्वकर्मा पूजाको राति एउटै बेडमा सुतिरहेका बेला सर्पले टोकेको परिवारले जनाएको छ। सर्पले टोकेपछि जेठी छोरी जुरुक्क उठेर आमाबुवालाई जानकारी गराएकी थिइन्। घटना थाहा पाउनासाथ अभिभावकले दुवै बालिकालाई तत्काल उपचारका लागि चोहर्वास्थित क्याम्पमा लगेका थिए। त्यहाँ करिब दुई घण्टा राखेर उपचार गरिएपछि चिकित्सकले थप उपचारका लागि कर्जनहा अस्पताल रेफर गरेका थिए। कर्जनहा अस्पतालबाट पनि दुवै बालिकालाई विराटनगर रेफर गरिएको थियो। उपचारका क्रममा दुई बालिकामध्ये  बर्ष ९ कि एकको मृत्यु भएको मृतक बालिकाका बुवा उमेश कामतिले जानकारी दिए। सर्पको टोकाइबाट घाइते अर्की बालिका बर्ष १२ कि अञ्जलीको स्वास्थ्य अवस्थामा भने सुधार भइरहेको आफन्तले बताएका छन्। स्थानीयका अनुसार ग्रामीण क्षेत्रमा सर्पदंशका घटना दोहोरिँदै आएका छन्। समयमै प्रभावकारी उपचार तथा सर्पदंश उपचार केन्द्रसम्म सहज पहुँच नहुँदा जोखिम बढ्ने गरेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...