देउवा र ओलीको कस्तो सम्बन्ध

  • चैत्र १८, २०७७
  • ११३४६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्धबारे खुलाएका छन् ।

पत्रकार विमल गौतमसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले लामो समयदेखि देउवासँग राम्रो सम्बन्ध रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केही समयअघि चितवनमा गएर अवसर आयो भने कांग्रेस सरकारको नेतृत्व गर्न पछि पर्दैन भन्नुभएको थियो ।

हालै विराटनगरमा गएर कांग्रेस प्रतिपक्षमै बस्छ भन्नुभयो । एकाएक देउवा जुन हिसाबले ब्याक हुनुभयो, यस पछाडिको भित्री राजनीतिक कारण के थियो ?

शेरबहादुर देउवाजीसँग प्रत्यक्ष भेट नभएको केही महिना भइसक्यो । कहिले काहिँ फोनमा कुरा हुन्छ । त्यति गहिराइसँग कुरा गर्न पाएको छैन ।

प्रतिनिधि सभा विघटनको सिफारिश भन्दा अगाडि भएको हुँदो हो, त्यसपछि भेटको कुरा भएको छैन । उहाँसँग कुनै वैरभाव छैन, शत्रुता छैन, उहाँ पनि मुद्दा हाल्न गएजस्तो लाग्दैन, मेरो पनि मुद्दा हाल्न जाने चलन छैन । त्यसले गर्दा उहाँसँग नराम्रो हुनुपर्ने के छ र ? उहाँ प्रतिपक्षको नेता हुनुहुन्छ, म सत्तापक्षको नेता छु । हामी एउटै पार्लियामेन्टमा छौं । लोकतन्त्र बचाउने कुरामा समानता छ । देउवासँग मेरो नराम्रो कुरा छैन । सत्तापक्ष र प्रतिपक्षका आ–आफ्ना भूमिका छन्, ती सीमामा रहेर काम गरेका छौं ।

कांग्रेसभित्र विपक्षी दलको नेतालाई साथ दियो, हिमचिम भन्ने कुरा । २०३१ साल चैतदेखि मैले जेलमा चिनेको हो, ४६ वर्षदेखि चिनजान हो । हामी जेलभित्रका स्थायी बासिन्दा थियौं । उहाँहरू आउँदा भेटघाट हुन्थ्यो र नयाँ राजनीतिक बन्दी आउँदा फरक कुरा सुन्न पाइन्थ्यो ।

कतिपय त्यसपछि राजनीति गरेकाले र त्यसपछि जन्मिएकाले टीकाटिप्पणी गर्लान् । हामी त्यो बेलादेखि दुःख-सुखमा सँगै छौं । देउवाले मलाई नजिकबाट चिन्नुभएको छ, मैले पनि चिन्छु । नेपालपाना

प्रतिक्रिया दिनुहोस

विष्णुपुरमा वित्तीय ...

सिरहा: सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्य ...

नव आगन्तुक विद्यार्थ ...

 कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार् ...

लागुऔषध (ब्राउन सुगर ...

 कृष्णनगर, कपिलवस्तु, माघ २३ प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आ ...