हङकङ माथी चीनको दोहोरो नीति

  • फाल्गुन २८, २०७७
  • ६१०२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । हङकङस् हङ्‌कङको निर्वाचन प्रणाली बदल्ने चिनियाँ घोषणाप्रति अमेरिकाले आपत्ति जनाएको छ ।

चीनको नेशनल पिपुल्स कंग्रेस एनपीसीले शुक्रबार हङ्कङ्को निर्वाचन प्रणाली फेर्नेसहित योजनाहरू सार्वजनिक गरेको थियो। तर अमेरिकी उच्च अधिकारीहरुले चीनको उक्त कदमको आलोचना गरे ।

चीनको नयाँ घोषणा अनुसार हङ्‌कङको एसेम्ब्लीमा उठ्ने सबै उम्मेदवारलाई बेइजिङप्रति वफादार एउटा समितिका सदस्यहरूले अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

गत वर्ष मात्रै चीनले हङकङलाई लक्षित गर्दै कडा राष्ट्रिय सुरक्षा नीति ल्याएको थियो । जुन नीतिप्रति पनि अमेरिकाले कडा आलोचना गरेको थियो । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशहरुले चीनको उक्त नीतिको विरोध गरेका थिए । अमेरिकाले भने हङकङमा २ वर्षअघि ६ महिना भन्दा लामो समय चलेको प्रजातान्त्रिक आन्दोलनलाई साथ र सहयोग गर्दैआएको थियो ।

सोही नीतिपछि बेलायतले भने हङकङका नागरिकलाई नागरिकता दिने प्रस्ताव समेत गरेको थियो । यसपटक पनि चीनले हङकङको निर्वाचन प्रणाली बदल्ने भएपछि अमेरिकी अधिकारीहरुले यसविरुद्ध अभिव्यक्ति दिएका हुन् ।

बेलायतको उपनिवेश छुटेर स्वतन्त्र भएसँगै हङकङमाथि चीनले आफ्नो प्रभाव जमाउन थालेको हो । चीनले हङकङलाई ‘एक देश दुई प्रणालीको नीति अनुसार चलाउँदै आएको छ । अन्नपूर्णपोस्ट

प्रतिक्रिया दिनुहोस

अध्यक्ष बनैताको कार् ...

प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित  सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार म ...

सिरहाको चोहर्वा,गोलब ...

प्रदेश टाइम्स/  ५ जेष्ठ सिरहा ।  लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित ...

भ्रस्टाचार विरुद्ध स ...

 प्रदेश टाइम्स्/ सिरहा । देशमा भ्रस्टाचार चरम सिमा नाघिदै अर्थतन्त्र धरसायी भैरहेको महसुस गर्दै ...