ओलीको टोलीले विभिन्‍न मुद्दाहरु उठाएर जनताको ध्यान मोडदै

  • बैशाख ३, २०७८
  • १२३९३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । सरकार असफल भएपछि अहिले आफ्नो असफलतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीले विभिन्‍न मुद्दाहरु उठाएर जनताको ध्यान मोड्‍ने काम गरिरहेको छ । जसअन्तर्गत भारतविरोधी भावना जगाएर राष्ट्रवादी बन्‍ने गरेका प्रधानमन्त्री ओलीको सरकारले फेरि भारतले नेपालको सीमा अतिक्रमण गर्न लागेको कुरालाई जोडतोडका साथ उठाइरहेका छन् ।

सरकारमा रहेको नेकपा एमालेकै केही नेताहरुले बर्दियामा भारतीयले सीमा अतिक्रमण गरेको भ्रम फैलाइरहेका छन् । बर्दिया गुलरिया नगरपालिका–८ बाँसीको सीमावर्ती जंगल २०३६ सालसम्म नेपालका वनकर्मीले जाँच गर्ने गरेको र अहिले भारतीयले कब्जा गरेको भन्दै गलत हल्ला फैलाउने काममा ओलीकै टोलीका सदस्यहरु लागिरहेका छन् ।

भारतीय पक्षले भने बाँकेमा कुनै पनि नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । प्रधानमन्त्री ओलीले आफू असफल हुँदै गएपछि जनमत एकत्रित गर्नका लागि सीमा विवाद बल्झाउन थालेको राजनीतिक विश्लेषकहरुको टिप्पणी रहेको छ ।

बाँकेका स्थानीयहरुले अहिले नेपाल-भारत सम्बन्ध राम्रो भएको र आवतजावतमा सहजता भएको बताइरहेका छन् । अहिले सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । नेपालतर्फमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ भने भारततर्फ भारतीय सशस्त्र सीमा बल तैनाथ रहेको छ ।

राजनीतिक विश्लेषक रविन्द्र सिंहले भने, “देशमा सरकार असफल हुन लागेको, अहिले एमाले फुटको कगारमा उभिएको र ओलि र माधव-नेपाल समूहबिच चर्को विवाद बढिरहेका समयमा सीमा समस्या निम्त्याएर दुई मुलुकको सम्बन्ध बिगार्ने काममा प्रधानमन्त्री ओली लागेको देखिन्छ ।”

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले पनि बर्दियामा आफ्नोतर्फ कुनै अतिक्रमण नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा मोबाइल बाट प ...

प्रदेश टाइम्स/ सिरहा । सिरहाको राम दुलारी माबी सेन्टर बाट मोबाइल बाट चिट चोरी गर्ने पोलर स्टारको दुई ...

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...