मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’

  • चैत्र ४, २०७७
  • ६३८२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले नेकपा माओवादी केन्द्रको पछि लागेर हिँडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेस मुद्दा सम्बोधनका लागि सकारात्मक वार्ता अगाडि बढिरहेका बेला भने यादव ओलीसँगको व्यक्तिगत इगो राखेर माओवादी केन्द्र र कांग्रसको सरकार बनाउने पक्षमा छन् । जबकी विगतमा माओवादी केन्द्रले नै मधेसलाई ठग्ने काम गरेको तथ्यहरुले देखाउँछ । माओवादी केन्द्र र कांग्रेसको सरकारमा गृहमन्त्री पाउने लोभ उपेन्द्रलाई छ । मुद्दा टुंग्याउने भन्दा पनि कसरी सत्तामा जाने र राम्रो मन्त्रालय लिने ध्याउन्नमा उनी छन् । 

यस्तो बेला माओवादी केन्द्रले कसरी पटक पटक मधेसलाई धोका दियो भन्ने हेर्नुपर्दछ । सर्वप्रथम त रेशम चौधरीकै मुद्दाको कुरा गरौं । सांसद पदमा निर्वाचित भइसकेपछि पदको सपथ लिइसकेपछि उनलाई अदालतले दोषी ठहर गर्यो । जबकी जसपाले सुरु देखि नै रिहाइको माग गरिरहेको थियो । मुद्दा फिर्ताको माग गरिरहेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट न्यायाधीशहरुले रेशमलाई जन्मकैद सजाय सुनाए । 

उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । यी दुबै न्यायाधीश प्रचण्ड निकट हुन् । भाषणमा मधेससँग लभ परेको भन्ने प्रचण्ड वास्तविकतामा भने हेट गर्दै आएको यो घटनाले पुष्टि हुन्छ । आफू संकटमा पर्दा मधेस सम्झिने प्रचण्डले आफू सत्तामा हुँदा पावरमा हुँदा कुनै पहल गरेनन् । उल्टै अवरोध गरे । हुँदाहुँदा मधेसी थारुको छोरालाई जेल हाल्न लाग्दा पनि चुप रहेर समर्थन जनाए । भाषणमा उनले पटक पटक रेशम चौधरी छोड्नुपर्छ नभनेका होइनन् तर छोड्ने बेला सिन्को भाचेनन् । मधेसलाई धोका दिए । 

त्यसैगरी प्रचण्डले मधेसलाई दोस्रो पटक धोका दिए । मधेसवादी दलसँग मिलेर मधेसका एजेण्डा बोकेर माओवादी अध्यक्ष प्रचण्डले ३० दलीय मोर्चाको नेतृत्व लिए । केही समय आन्दोलन पनि गरे । अन्तत सत्ता गएर मधेसलाई अलपत्र पारे । एजेण्डा पनि बिर्सिए । सरकारमा गएर पनि केही गरेनन् ।  

त्यसैगरी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले मधेसलाई सम्बोधन गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पनि विरोध गरयो । मधेसको मुल एजेण्डा मानिने संशोधनमै प्रहार गरेर माओवादीले धोका दियो । यसरी पटक पटक धोका दिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सत्ता सहकार्यका लागि मरिहत्ते गरिरहेका उपेन्द्र यादवको छटपटि रहस्यमयी छ । 

उनी मधेसका मुद्दा सम्बोधन चाहन्छ कि प्रचण्डजस्तै बाधक बनिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यहीँ मुद्दालाई बोकेर पटक पटक सत्ताको रसपान गरेका उपेन्द्रले मुद्दा टुंगिन नदिने र त्यसलाई भर्याङ बनाएर सत्तामा चिप्किरहने रणनीति हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागू औषध सहि ...

ओम प्रकाश यादव लहान ३० असार । सिरहा जिल्लाको दक्षिणी सिमावर्ति क्षेत्र झाझँपट्टीबाट लागु औषधसहित दुई ...

अर्थतन्त्रमा फेरि मन ...

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दी फस्ने त्रास बढ्दै गएको छ। कोरोना मह ...

अमेरिकी पूर्व राष्ट् ...

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेल ...