सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन उच्च अदालत जनकपुर, राजविराज इजलासले खारेज गरेको छ। २०८३ साल असोज १५ गते संयुक्त इजलास नं. ३ मा माननीय न्यायाधीशद्वय रामबहादुर थापा र काजीबहादुर राईको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै रिट खारेज हुने फैसला गरेको हो। अदालतको अभिलेखअनुसार मनोज मानव भन्ने मनोज कुमार महतोले जिल्ला प्रहरी कार्यालय सिरहासहित तीन जनालाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए। उक्त मुद्दाको रिट नम्बर ०५–०८३–००५८३ तथा ०८३–WH–०००५ रहेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved