सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्यालय, राजपुरमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी वीरेन्द्र प्रसाद यादवलाई प्रदान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, बिष्णुपुरले २०८३ असोज २३ गते जारी गरेको पत्रअनुसार विद्यालयका निमित्त माध्यमिक शिक्षक (द्वितीय) वीरेन्द्र प्रसाद यादवलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो। गाउँपालिकाको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि यादवलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत जारी पत्रमा प्रचलित ऐन तथा नियमअनुसार जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिइएको छ। पत्रको बोधार्थ शिक्षा विकास तथा समन्वय इकाइ, सिरहा, गाउँपालिकाको आर्थिक प्रशासन शाखा तथा बिष्णुपुर गाउँपालिका वडा नम्बर २ को कार्यालयलाई पठाइएको छ। विद्यालयको शैक्षिक गतिविधि, आर्थिक व्यवस्थापन तथा प्रशासनिक कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नयाँ जिम्मेवारीले कस्तो भूमिका खेल्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved