सिरहामा प्रहरीको गोली लागेर भारतीय लागुऔषध कारोबारी पक्राउ

  • असार १९, २०८३
  • ३०९ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार लागुऔषध कारोबारी समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो। उक्त क्रममा भारतको मधुवनी निवासी अब्दुल कलामको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार घाइते अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरिएको छ। घटनामा संलग्न अन्य २–३ जना फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...