व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका गुल्मीका जनक

  • चैत्र १०, २०७७
  • ६४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री १० चैत्र गुल्मी । घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –१ नयाँगाँउस्थित खालका ६८ बषिर्य जनक बहादुर खत्रीको दिनचर्या हो । उहाँले मौरीको मह बचेर नै बार्षिक लाखौं आम्दानी गर्नुहुन्छ । उमेरले ६८ बर्ष पुग्नुभएका जनकबहादुर खत्री, परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्नुभएको छ । विगत पाचँ बर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक खत्रीले मह उत्पादन गरेर बार्षिक लाखै रुपैया आम्दानी गर्दै आउनुभएको छ । ४ जनाको परिवार सजिलै चलाउनुभएको छ भने बृद्ध अवस्थामा पनि अरुको मुख ताक्नु परेको छैन । घरमा अहिले सेरेना जातको ५२ वटा मौरीका घार छन्् । मौरीले राम्रै फाइदा दिदाँ खत्री पनि दंग हुनुुहन्छ । उहाँले वर्षमा दुई पटक मह निकाल्ने गर्नुहुन्छ । २०६९ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थाल्नुभएका कृषक खत्रीको मुख्य आम्दानीको श्रोत नै यहि हो । स्थानिय सरकारको सहयोगमा व्यवसाय शुरु गर्नुभएका खत्रीले व्यावसायलाई अझै बढाउने योजना बनाउनुभएको छ । उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै १२ सय रुपैयामा विक्रि हुन्छ । गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट पनि ग्राहक घरमै आएर मह लैजाने गरेका छन् । प्रदेश र स्थानिय सरकारको सहयोगमा तालिम लिएपछि खत्रीे मौरीपालनमा लाग्नुभएको हो । उहाँले मह मात्र बेच्नुहुन्न मौरीको घार र गोला समेत विक्रि गर्नुहुन्छ । सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष कमल थापाले बताउनुभयो । वडा भित्र मौरीपालन गर्नेहरुको लागी वडाबाट आबश्यक सामाग्री उपलब्ध गराएको समेत बताउनुभयो । मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगले मौरी पाल्ने गरेका छन । यसका लागी मौरी पालनको आबश्यक तालिम संचालन गर्नुपर्ने देखिन्छ । भने यी बृद्धाको कामबाट अन्य युवाहरुले पनि पाठ सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...