मिर्चैयामा खाल्डोमा पुरिएको लासको अनुसन्धानको लागि डग टोलि सहित प्रहरी अनुसन्धान जारी

  • चैत ८, २०७७
  • ४८५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहामा खाल्डोमा एक जनाको लास पुरिएको पता लागेको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर १ मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि एक खाल्डोमा ढुँगाले पुरिएको अवस्थामा शब पता लागेको हो।शब अनुसन्धानको लागि प्रहरीले डग टोलि सहित अनुसन्धान जारी राखेको जनाएको छ। त्यहाँ स्थित रहेको आँपको बगैचामा इटको कुर्शी जस्तो बनेको स्थानमा लास फेला परेको हो । राजमार्गसँगै करिब १० मिटरकै दुरीमा खाल्डो रहेको छ सोही खाल्डोमा लास र माथिबाट ढुँगाले पुरिएको देखिएको छ । इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । प्रहरीको डग टोली पनि अनुसन्धानको लागि घटनास्थलमा पुगेको हो । त्यहीस्थित रहेको जीवा पूलको छेउमा एक मोटरसाईकल समेत फेला परेको हो । लासलाई अझै बाहिर निकालिएको छैनन भने मृतकको नाम ठेगाना केही पनि नखुलेको बताइएको छ । प्रहरीले अहिले घटनास्थललाई सील गरेको छ । चारैतर्फबाट घेरा लगाएर अनुसन्धान थालेको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...