प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मुख्य अभियान ,चैत २५ गते पत्रकार महासंघको चुनाव :केन्द्रिय सदस्य यदव

  • चैत ५, २०७७
  • ७१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हाम्रो मुख्य अभियानको साथ यहि चैत्र २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणाली बाट हुने भएको छ । महासंघको हिजो बसेको केन्द्रीय समिति बैठकले चैत्र २५ गते चुनाव गर्ने निर्णय गरेको केन्द्रिय सदस्य देवकुमार यादवले जानकारी दिए । महासंघ को इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रणाली अन्तर्गत नेता छान्ने अवसर भएको पत्रकार यादवको भनाई छ । उनले निर्वाचन तालिका चैत्र ७ गते सार्वजनिक हुने बताए । केन्द्रिय सदस्य यादवले यसपाली  प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यम बाट महासंघको जिल्ला, प्रदेश र केन्द्रको एकै दिन चुनाव हुने भएपछि पत्रकारहरुको लागि सहज र सकारात्मक कदम भएको प्रदेश टाइम्स दैनिकलाई जनाएका हुन।  चुनावको घोषणा लगत्तै पत्रकार तथा पत्रकार संगठनहरु छलफल तथा अभ्यासमा लागेका छन । महासंघलाई साझा र सबैकाे बनाउन सहमति र सहकार्यका लागि केन्द्रिय सदस्य यादवले सबैमा अपिल गरेका छन । उनले श्रमजीवी पत्रकारको अधिकार, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आफुहरुको मुख्य अभियान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...