प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मुख्य अभियान ,चैत २५ गते पत्रकार महासंघको चुनाव :केन्द्रिय सदस्य यदव

  • चैत्र ५, २०७७
  • ५९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हाम्रो मुख्य अभियानको साथ यहि चैत्र २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणाली बाट हुने भएको छ । महासंघको हिजो बसेको केन्द्रीय समिति बैठकले चैत्र २५ गते चुनाव गर्ने निर्णय गरेको केन्द्रिय सदस्य देवकुमार यादवले जानकारी दिए । महासंघ को इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रणाली अन्तर्गत नेता छान्ने अवसर भएको पत्रकार यादवको भनाई छ । उनले निर्वाचन तालिका चैत्र ७ गते सार्वजनिक हुने बताए । केन्द्रिय सदस्य यादवले यसपाली  प्रत्यक्ष निर्वाचन प्रणालीको माध्यम बाट महासंघको जिल्ला, प्रदेश र केन्द्रको एकै दिन चुनाव हुने भएपछि पत्रकारहरुको लागि सहज र सकारात्मक कदम भएको प्रदेश टाइम्स दैनिकलाई जनाएका हुन।  चुनावको घोषणा लगत्तै पत्रकार तथा पत्रकार संगठनहरु छलफल तथा अभ्यासमा लागेका छन । महासंघलाई साझा र सबैकाे बनाउन सहमति र सहकार्यका लागि केन्द्रिय सदस्य यादवले सबैमा अपिल गरेका छन । उनले श्रमजीवी पत्रकारको अधिकार, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आफुहरुको मुख्य अभियान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...