गुल्मीमा राहदानी लिने संख्यामा कमी

  • चैत्र ५, २०७७
  • ७९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री गुल्मी । गुल्मीमा आर्थिक वर्ष ०७७÷७८ मा राहदानी लिने संख्यामा कमी आएको छ । राहदानी लिनेको संख्या घटेपछि राजश्व संकलनमा समेत कमी आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत वर्ष भन्दा यो वर्ष राहदानी लिनेहरुको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा ३ हजार २४२ जनाले राहदानी लिएका थिए । यो वर्षमा २ हजार ४६६ जनाले राहदानी लिएका छन् । राहदानीबाट मात्रै आर्थिक बर्ष ०७७÷७८ मा १ करोड २६ लाख ३२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका साहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । गत आव ०७६÷७७ को तुलनामा आव ०७७÷७८ मा राहदानी लिनेको संख्या र राजश्वमा कमी आएको साहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले कोभिड–१९ को प्रभावका कारण राहदानी र राजश्व संकलनमा कमी आएको बताए । आर्थिक वर्षमा ७ हजार ३४ जनाले नागरिकता लिएका छन् । पुरुष ३ हजार ६६४ जना र महिला ३ हजार ३७० जानले लिएका हुन् । राहदानी लिनेहरुको संख्यामा कमी आए पनि स्थानीय सरकारले बेरोजागरी हटाउन सकेको छैन् । विदेश जाने युवाहरुलाई यही रोजगारको वातावरण मिलाउने हो भने राहदानी लिनेको सख्यामा यसै गरी कमी आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...