गुल्मीमा राहदानी लिने संख्यामा कमी

  • चैत ५, २०७७
  • ९४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री गुल्मी । गुल्मीमा आर्थिक वर्ष ०७७÷७८ मा राहदानी लिने संख्यामा कमी आएको छ । राहदानी लिनेको संख्या घटेपछि राजश्व संकलनमा समेत कमी आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा गत वर्ष भन्दा यो वर्ष राहदानी लिनेहरुको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा ३ हजार २४२ जनाले राहदानी लिएका थिए । यो वर्षमा २ हजार ४६६ जनाले राहदानी लिएका छन् । राहदानीबाट मात्रै आर्थिक बर्ष ०७७÷७८ मा १ करोड २६ लाख ३२ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका साहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । गत आव ०७६÷७७ को तुलनामा आव ०७७÷७८ मा राहदानी लिनेको संख्या र राजश्वमा कमी आएको साहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनले कोभिड–१९ को प्रभावका कारण राहदानी र राजश्व संकलनमा कमी आएको बताए । आर्थिक वर्षमा ७ हजार ३४ जनाले नागरिकता लिएका छन् । पुरुष ३ हजार ६६४ जना र महिला ३ हजार ३७० जानले लिएका हुन् । राहदानी लिनेहरुको संख्यामा कमी आए पनि स्थानीय सरकारले बेरोजागरी हटाउन सकेको छैन् । विदेश जाने युवाहरुलाई यही रोजगारको वातावरण मिलाउने हो भने राहदानी लिनेको सख्यामा यसै गरी कमी आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...