गोलबजार नगरपालिकामा आन्तरिक देखि केन्द्र सम्मको बजेटमा ब्रहमलुटःनेता साह

  • चैत्र ४, २०७७
  • १५२३ पटक पढिएको
alt

प्रदेश टाइम्स  चैत्र,सिरहा । जनता समाजबादि पार्टिका केन्द्रिय परिषद सदस्य राम चरित्र साहले सिरहाको गोलबजार नगरपालिकामा आन्तरिक देखि केन्द्र सम्मको बजेटमा ब्रहमलुट भएको जनाएका छन ।
यस नगरपालिका बाट बिभिन्न ठेक्का तथा उपभोक्ता समितिहरु बाट अधुरो तथा कमसल कामहरु भएको र सो सम्बन्धि सुचना माँग गर्दा लापारबाहि गरेको आरोप रहेको जनाएका छन ।त्यसमा पनि उपभोकतmा समिति र ठेकेदारहरु बाट कमिसन उठाउने गरेको आरोप रहेको छ ।
केनिद्रय परिषद साहले गोलबजार नगरपालिका वडा न.१३ मा बिकासको नाममा केहि नगरेकोे जनाए । बरु गरेको पनि छ भने अनियमितता मात्र।
नेता साहले वडा न. १३ मा जसपाका वडा अध्यक्ष निर्वाचित भएकै कारण कमाउनिष्ट पार्टिका मेयर जनप्रतिनिधिहरुले यस ठाउँको बिकासमा चासो नराखि मान्छै न भएको ठाउँहरुमा ग्रयाभल र आरसिसि ढलानहरु गरेको गुनासो गरे ।
उहाँले भने मान्छै न भएको ठाउँमा मन पसन्द उपभोक्ता समिति गठन गरि बिकास गर्ने र त्यो समितिहरु बाट कमिसन खाने गरेको जनाए । नेता साहले प्रदेश टाइमस दैनिक सँग बिचार राख्दै भने यस नगरपालिको खाँचान्चीहरु एकाधिकार चरित्रको रहेको,उनिहरु मिलिभगतको खेलमा छन।
बिकासको कुरो त परै जायोस कमिसनको लागि मरिहते भएका छन । उहाँको अनुसार यस नगरपालिकामा तिन वटा स्कर्पियो रहेको छ ।सबै दुरुपयोग भैराखेको प्रष्ट छ ।भन्नुभयो,कार्यालय प्रयोजन बाहेकका ब्यतिmगत काम भोज भतेर ,बिबाह बच्चालाई बोडिँग स्कुलमा पठाउन प्रयोग भएका छन भने त्यसमा लाग्ने इन्धन र मर्मत खर्च सार्वजनिक कोष बाट गर्ने गरेको छ ।त्यसैले यहाँ जनताको कर पसिना बाट खडा गरिएको सरकारी बजेट र कोष रित्याउने काम गरि कर्मचारि तथा जनप्रतिनिधिहरु आर्थिक हिनामिनामा टाँसिएर बसेको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...