लहान मालपोत कर्यालयमा बम बिस्फोट ।घट्नास्थल बाट गोइत समुहको पर्चा फेला

  • चैत १, २०७७
  • ७६६ पटक पढिएको
alt

लहानमा केहिसमय अघि बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको हो । विस्फोटक पदार्थ रहेको झोलामै उतm पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा अध्यक्ष को तलातिर जयकृष्ण गोइतको हस्ताक्षर छ ।

पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भैरहेको डीएसपी तपन दहालले बताए । घाइते यादवलाई हेलिकप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदै छौं, उनले भने । अहिलेसम्मको जानकारी अनुसार उनको अवस्था गम्भीर छ । हेलिकप्टर मगाएका छौं उनले भने । घाइते यादव सहित तीन जनाको उपचार लहान अस्पतालमा भैरहेको डीएसपी दहालले बताए । भींडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ(कुकर बम) कतिबेला कसले राखेको बारे केहि खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो । लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा छ । इलाका प्रहरी कार्यालयको सम्मुने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...