मन्त्री कार्यकर्ताको पनि पेट भएकोले राहतमा पनि कमिशन भएको खुलासा

  • साउन २३, २०७६
  • ३३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, २३ श्रावण । सिरहामा यत्तिबेला राहत उपलब्ध गराउँने काम चलिरहेको छ । राहतमा पनि कमिशनको खेल शुरु भएको खुलासा भएको स्रोतको दावी छ । सिरहाको लागि प्रदेश २ सरकारले राहत उपलब्ध गराउँन २५ सय घरपरिवारको लागि २७ सय २० रुपैयाँको प्याकेट बनाएर वितरण गर्ने कार्यक्रम रहेकोे छ । बाढी पीडितलाई प्रति घरपरिवार २७ सय २० रुपैयाँको दरमा राहत उपलब्ध गराउँने हिसाबकिताब देखाउँदै आएको छ । सो राहत उपलब्ध गराउँन गोलबजारका महेश साह (कोकवा)को मिलबाट चामल खरिद भइरहेको छ । मिलबाट प्रतिकिलो ४३ रुपैयाँको दरमा चामल खरिद गरेर राहत उपलब्ध गराउँनेपक्षले प्रतिकिलो ४६ रुपैयाँको दरमा नक्कली बील बनाउँने गरेको खुलासा भएको छ । चामल विक्रेता महेश साहले ‘के गर्नु मन्त्री कार्यकर्ताको पनि पेट छ ।’ ‘मिलाएर बील बनाएको होला ।’ उनले सरल भाषामा बताए । प्रभावितलाई प्रतिघर ५५ किलो चामल, चार किलो दाल, दुई किलो चना, एक लिटर तेल, सुकुल, झुल, साबुन, कम्बल र त्रिपाल उपलब्ध गराउँदै आएको छ । चामल बाहेक अन्य राहतको सामाग्रीमा रकम थपेर बील बनाइरहेको छ भने नक्कली बीलको समेत कारोबार भइरहेको जानकारीमा आएको छ । प्रदेश २ का अर्थ मामिला मन्त्री विजय यादवले ‘यो जिम्मा सिरहा उद्योग वाणिज्य सँघलाई दिइएको हो ।’ ‘उनीहरुले प्याकेट तयारी गरी राहत सामाग्रीको व्यवस्थापन गर्दै आएको छ ’ बताए । अर्कातीर सिरहा जिल्लामा बाढीपीडितका नाममा आएको राहत कार्यकर्ता र आफन्तलाई वितरण गरिएको गुनासो बढेको छ । गत २७ असारमा आएको अविरल वर्षापछि डुबानमा परेकाले कति पीडितले राहत नपाएको गुनासो गरेका छन् । सिरहाको औरही, सखुवानन्कारकट्टी, कर्जन्हा, मिर्चैया, अर्नामालगायतको स्थानीयतहमा राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...