कबिता वाचन कार्यक्रम सम्पन

  • फागुन २९, २०७७
  • ११९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 फाल्गुन,२९ कृष्ण अग्रहरी , कपिलवस्तु तौलिहवा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा नव कपिलवस्तु साहित्य समाज द्वारा मासिक कबिता वाचन कार्यक्रम आज पशुपति प्रताप पुस्तकालय तौलिहवामा सम्पन भएको छ। साहित्यिक समाज पछाडि परिरहेको हुनले नव कपिलवस्तु साहित्य समाजद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार कविता वाचन कार्यक्रम गरेपछि सहित्यकारहरुको इच्छाशक्ति , कविता गजल लेख रचना र आफ्ना भाषा समाज धर्म संस्कृति र आफ्नो परम्परा लाई उजागर गर्नका लागि कबिता र गजल लेख्ने क्रमम बढेको अध्यक्ष पशुपति मणि त्रिपाठीले बताउनु भयो उक्त कार्यक्रममा साहित्यकारहरु आफ्नो कविता वाचन गरेका हरि राज शर्मा,भक्ति राम पन्थी, वोली मोहम्मद( मोमिन), राघवेन्द्र श्रीवास्तव,श्याम प्रकाश लाल श्रीवास्तव वासुदेव चौधरी, जीव नाथ पाण्डेय, रवि चन्द्र शाक्य , मनोरमा कुमरी पाण्डेय,कविता यादव, लक्ष्मण यादव र बिश्वा शान्ति इंग्लिश एकेडेमीका छात्र - छात्रा हरु ले कविता वाचन गरेका थिए। उक्त कार्यक्रममा विद्यार्थीको मनैवल बढाउनका लागि साहित्यकार वोली मोहम्मद( मोमिन) ले पुरस्कार स्वरूप बिश्व शान्ति इंग्लिश एकेडेमी कपिलवस्तु नगरपालिका -७ सेरहियलाई नगद राशि रु २१०० दिएको छन्। र विश्व शान्ति इंग्लिश एकेडेमी स-प्रधानध्यापक मनोरमा कुमारी पाण्डेयले सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...