नि ः शुल्क रुपमा कम्प्यूटरको तालिम पाएपछि बिधार्थीहरु खुशि

  • फाल्गुन २९, २०७७
  • ७३० पटक पढिएको
  • Ram Pukar Yadav
alt

रोहित कुमार मण्डल, २९ फागुन । सिरहाको लहान नगर पालिका –८ मा नि ः शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाण –पत्र पाएपछि बिधार्थीहरु खुशिले गदगद भएका छन् । लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने नि ः शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए । समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तिन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए । उनले बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै बिधार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए । कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतोे रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डल, फिरोज सेखको समेत उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...