भारतको कोरोना विरुद्धको खोपमा बिश्वत, गर्ने भए आर्थिक सहयोग

  • फाल्गुन २८, २०७७
  • ३८४८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन क्वाडले भारतलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ । अमेरिकाका एक शीर्ष अधिकारीले आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा भारतलाई वित्तीय सहयोग दिने घोषणा हुन सक्ने बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विशेषगरी नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सनको खोप उत्पादन गरिरहेका भारतीय कम्पनीहरुलाई यो सहयोग प्रदान गरिनेछ । कोरोना खोपको अभाव कम गर्ने, खोप कार्यक्रम बढाउने र कोरोना महामारी अन्त्यको लागि यो योजना अघि सारिएको अधिकारीले बताएका छन् । उनका अनुसार मानिसहरुलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउने योजनाअन्तर्गत भारतका खोप कम्पनीलाई सहयोग गर्न लागिएको हो ।

यसअघि मंगलबार अमेरिकाले क्वाडको भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडन पनि सहभागी हुने बताएको थियो । पछिल्लो समय चीनको सैन्य र आर्थिक शक्ति बढिरहेको अवस्थामा त्यसमा अंकुश लगाउन क्वाडको स्थापना गरिएको हो । अमेरिकाले चीनको खोप कूटनीतिलाई चुनौती दिन क्वाडका मुलुकले खोपमा लगानी बढाउनु आवश्यक रहेको अमेरिकाले बताएको छ ।

  एजेन्सीहरुको सहयोगमा र अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...