भारतको कोरोना विरुद्धको खोपमा बिश्वत, गर्ने भए आर्थिक सहयोग

  • फागुन २८, २०७७
  • ३९८० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन क्वाडले भारतलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप उत्पादन बढाउन वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ । अमेरिकाका एक शीर्ष अधिकारीले आगामी शुक्रबार हुन गइरहेको क्वाडको बैठकमा भारतलाई वित्तीय सहयोग दिने घोषणा हुन सक्ने बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विशेषगरी नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सनको खोप उत्पादन गरिरहेका भारतीय कम्पनीहरुलाई यो सहयोग प्रदान गरिनेछ । कोरोना खोपको अभाव कम गर्ने, खोप कार्यक्रम बढाउने र कोरोना महामारी अन्त्यको लागि यो योजना अघि सारिएको अधिकारीले बताएका छन् । उनका अनुसार मानिसहरुलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउने योजनाअन्तर्गत भारतका खोप कम्पनीलाई सहयोग गर्न लागिएको हो ।

यसअघि मंगलबार अमेरिकाले क्वाडको भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडन पनि सहभागी हुने बताएको थियो । पछिल्लो समय चीनको सैन्य र आर्थिक शक्ति बढिरहेको अवस्थामा त्यसमा अंकुश लगाउन क्वाडको स्थापना गरिएको हो । अमेरिकाले चीनको खोप कूटनीतिलाई चुनौती दिन क्वाडका मुलुकले खोपमा लगानी बढाउनु आवश्यक रहेको अमेरिकाले बताएको छ ।

  एजेन्सीहरुको सहयोगमा र अनलाइनखबर

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...