भारत सरह नेपालका मदरसालाई मान्यता नदिए चीनका उईगर मुस्लिम जस्तै हालात हुने

  • फाल्गुन २८, २०७७
  • ५१८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालमा रहेका मदरसामा पढ्ने विद्यार्थीहरुको भबिस्य अन्योलमा छ । बाकेको नेपालगन्ज्मा सोमबार जैसपुर स्थित मदरसा जामिया आरफिया दारुल उलूममा भएको धार्मिक उत्सवमा मुस्लिम अगुवाहरूले उक्त गुनासो पोखेका छ्न ।
इस्लाह(ए मुवासरा र जश्ने दस्तारबन्दी भनेर गरिएको उत्सवमा मदरसाको विद्यार्थीलाई दोसाल्लाओढाएर पवित्र किताब कुरानको हाफिस भनेर सम्मान गरिएको हो । भारत र नेपालको विभिन्न जिल्लाहरुको अगुवाहरुले समेत सहभागिता जनाएका थिए ।
मदरसा जामिया आरफिया समितिका अध्यक्ष गुलाम वारिस जसगढले भन्नु हुन्छ भारत , पाकिस्तान , इजिप्ट , साउदी अर्बिया लगायतको देशमा मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । तर नेपालमा यो मान्यता नपाएको कारणले नेपाली मुस्लिमहरुको भबिस्य खराब भैइरहेको छ । जसले गर्दा नेपालमा समेत मदरसा बोर्ड स्थापना गर्नु पर्ने आवस्यकता रहेको भनी बताउनु भएको छ । विदेशमा पढेर आउने नागरिकहरुले नेपालमा विभिन्न अवसरहरु प्राप्त गरेको हुन्छन् ।
तर नेपालको शैक्षिक प्रणालीमा त्यस्तो कुनै ब्यवस्था नरहेकोले यहाँ पाठ पाठन गर्ने विद्यार्थीहरुले नेपाल भन्दा बाहिरको देशमा कुनै अवसर पाएको छैनन् । उहाँले भन्नू हुन्छ नेपालको शैक्षिक प्रणालीमा सुधार गरि अन्य देशमा समेत एकुभ्यालेण्ट गर्ने ब्यवस्था मिलाउन जरुरी छ । नेपालको मदरसाहरुलाई समेत अन्तर्राष्ट्रिय मान्यता दिनुपर्छ । मान्यता प्राप्त भएपछि नेपालको मदरसा शिक्षाको विकास र बाहिरबाट पढ्न आउनेहरुको संख्यामा निकै वृद्धि हुनेछ भन्ने उहाँको भनाइ थियो । जसगढले भन्नू हुन्छ यस कार्यले देश र शिक्षा दुबै क्षेत्रको विकासमा टेवा पुग्न सक्छ ।

मदरसा शिक्षालाई तह अनुसारको प्रणालीमा राखेर शैक्षिक विकास गरिएको पाएपनि नेपालमा अहिलेसम्म त्यो काम हुन सकेको छैन । जबकी मदरसाका विद्यार्थीहरुको शैक्षिक स्तरलाई कुनै पनि क्षेत्रमा पछाडि परेको देखिँदैन । उक्त उत्सवलाई सम्बोधन गर्न भारतका वरिष्ठ सूफी सय्यद रिजवान मियाँ विल्ग्राम सरीसबाट आउनु भएको थियो । उहाँले मुस्लिम समुदाय शिक्षामा पछाडि पर्नुको कारण मान्यतालाई बताउनु भयो । अहिले देशमा जसरी चिनमा मदरसाहरु भत्काईदै छ । उईगर मुस्लिमहरु माथि चीनमा अत्याचार भईरहेको छ चीन जस्तै अवस्था नेपालमा नआउने भन्ने छैन । किनकी जब मदरसा शिक्षाबाट जागीरहरु पाइदैन हामी कसरी सुरक्षित महसुस गर्ने । हामी प्रजातान्त्रमा बिश्वास गर्छो तर हामीलाई पनि अधिकार चाहिन्छ मुस्लिमहरुको अधिकार सुनिस्चित नेपाली काङ्ग्रेसबाट भएको छ । काङ्ग्रेसले देशलाई संविधान दियो कम्युनिस्टले धर्म र आस्था माथि खेलवाड मात्र गरेको छ । अब देशमा कम्युनिस्टबाट हामीलाई अधिकार प्राप्त हुन्न । हामी नेपाल् सरकार सङ माग गर्न चाहन्छु कि जसरी भारतमा मदरसाबाट पढेलेखेकाहरु भारत सरकारले मान्यता दिएको छ । भारतमा मदरसाबाट शिक्षा पाएकाहरु सरकारी नौकरी, पुलिस , आर्मी सहित सबै स्थान दिएको छ । माग गरे ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...