ब्रामह्म कुमारी राज योग सेवा केन्द्र लहानले यसरी मनाए दादी गुलजारको श्रद्धाञ्जली

  • फाल्गुन २७, २०७७
  • ३५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिरेन्द्र प्रसाद नेपाल÷ लहान, फागुन । सिरहा जिल्लाको लहान नगरपालिका वार्ड नं. ७ स्थित रहेको ब्रामह्म कुमारी राज योग सेवा केन्द्रले महाशिवरात्रीको उपलक्ष्यमा रथ यात्रा मनाएको छ । राज योग सेवा केन्द्रको कार्यक्रममा सहभागी भक्तजनहरुलाई प्रसाद ग्रहण गराएर लहान केन्द्रको सभा हलमा करिव एक घण्टा सम्म शिवको अध्यात्मीक शक्तिको चर्चा गाराउनुसँगै मुरलीको धुन भने शिर्षकमा प्रशिक्षण गराएका थिए । प्रशिक्षणपछि दादी गुलजारको निधन भएको खवर पाए पछि खुशीयालीको ताली नै श्रद्धाञ्जली परिणतको दःुखद खवरले भक्तजनहरुमा शोक छाएपछि तालिलाई परिणत गरी वाईवाईको ईसार गरी दादी गुलजारकी श्रद्धाञ्जली मनाएका छन् । दादी गुलजारले आज बिहान ८ः४० बजे मुम्बईमा आफ्नो भौतिक शरीर त्यागे तर लहान केन्द्रमा २ः०० वजेतिर खवर पएको कुरा लहान ब्रह्माकुमारी राजयोगका कार्यक्रम संचालक बविन वस्नेतले बताउनु भएको छ । दादी गुलजार ९६ वर्षको आफना शरिरलाई त्यागेर शिवरात्रीको शुभ दिनमा शिवको श्रणमा पुगेको छ । १५० देशमा रहेका ब्रामह्म कुमारी राज योग सेवा केन्द्रका अध्यक्ष रहनु भएकी दादीको भौतिक फोटोमा फूलकामाला आर्पण गरी शोक मनाएका छन् । ८५ औं महाशिवरात्री कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ का उधोग पर्यटन वन तथा वातावरण राज्य मन्त्री माननीय सुरेश मण्डल थिए तर दादी गुलजारको निधन भएकरुो दुःखद समाचारले स्तब्ध र अत्यन्त मर्माहत भएको बताउदै पीडाको यस क्षणमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । मन्त्री मण्डलले दादी गुलजारको निधन महाशिवरात्री जस्तो पावन अवसरमा हुनु सौभाग्य भएको बताए । उनले भने “ मृत्यु जिवनको कठोर सत्य भएकोले मृत्युको अर्थ हो भौतिक शरीरबाट आत्मा छुट्टीनु । मृत्यु नयाँ र राम्रो जीवनका लागि एउटा प्रारम्भिक बिन्दु हो । यसले जीवनको उच्च रुपको द्धार खोल्दछ । यो सम्पूर्ण जीवनको केवल एउटा प्रवेश द्वार हो । जन्म र मृत्यु संसारको मायाँजाल हो । मानिस जन्म लिएपछि नै मर्ने प्रक्रियाको शुरुआत हुन जान्छ र मर्ने बित्तिकै जीवनको शुरुआत हुन जान्छ । जन्म र मृत्यु यस संसारको मंचमा प्रवेश गर्ने र बाहिर जाने द्धार मात्र हो । वास्तवमा न त कोई आउँदछ न त कोई कतै जान्छ । केवल ब्रम्ह र अनन्तको नै अस्तित्व हुन्छ ।“श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री सुरेश मण्डल लगायत जसपाका केन्द्रिय सदस्य राकेश झा, सिरहा १ का क्षेत्रीय अध्यक्ष शत्रुधन मण्डल, युवा नेता महमुद आलम, लाहान सिटी जेसिजका पुर्व अध्यक्ष शंकर प्रसाद गुप्ता, संचारकर्मी, बुद्धिजीवी र ध्यान केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...