कम्युनिस्टहरूलाई सडकबाट नै हुत्याइदिने देउवाको घोषणा, जनतासँगै संघर्षमा जाने उद्घोष

  • साउन २१, २०७६
  • ३०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको कम्युनिस्ट सरकारको कडा आलोचना गर्दै निरंकुश बन्दै गएको बताएका छन् । कास्कीको पोखरामा मंगलबार पत्रकार महासंघले गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एकपछि अर्को जनअपेक्षा विपरीतका विधेयक ल्याएको बताए । उनले कम्युनिस्ट सरकार दुईतिहाइको दम्भमा सत्ता कब्जाको बाटोमा हिँडेको आरोप लगाए । नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गरेका छन् । ‘हिटलरले संसदबाटै कानून पास गरेर सत्ता कब्जा गरेका थिए’, उनले भने, ‘सदनमा एकपछि अर्को अनेकथरी विधेयक ल्याएर पास गर्न खोजेर प्रधानमन्त्रीजी त्यहीँ बाटोमा हिँड्न खोजेका छन् ।’ नेपाली कांग्रेसका सभापति देउवाले जनतालाई निरंकुश बनेर ओली सरकारले हर्कत गरे सडकबाट हुत्याएर फालिदिने चेतावनी दिए । मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयकजस्ता विधेयक ल्याएको भन्दै सभापति देउवाले फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । सरकारको राम्रा कामको प्रतिपक्ष दलले प्रशंसा गर्ने बताउँदै उनले नराम्रा काम गरेमा जनताको साथ लिएर खबरदारी गर्ने बताए । ‘हामीले सडकमा आन्दोलन गरेको छैनौँ । रेलिङ भाँचेको छैनौँ’, सभापति देउवाले भने, ‘सरकार सुध्रिएन भने जनतासँगै सडक संघर्षमा जान्छौं ।’

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...