प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत मालिकाका अति विपन्न ६१२ जनालाई रोजगार प्रदान

  • फाल्गुन १८, २०७७
  • २०३ पटक पढिएको
alt

 दिपेन्द्र खत्री फागुन १८ गुल्मी ः जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका अति विपन्न ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्र आर्थिक अबस्था कमजोर भएका ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम मालिका शाखा प्रमुख खेमराज गैरेले जानकारी दिनुभयो । प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई पचास दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको हो। छनोट भएका ६१२ जनालाई सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु वडाले प्रदान गरिएको मालिका गाउँपालिकाले जनाएको छ । ६१२ जनालाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने , सिडि चिन्ने लगायतका कामहरुमा लगाईएको छ । अति बिपन्नहरुलाई पचास दिन बराबरको रोजगारले पनि घरपरिवार चलाउनका लागि सहयोग पुग्ने गैरेले बताए। उनीहरुको दैनिकी ज्याँला ५१७ रहेको र उनिहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...