प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत मालिकाका अति विपन्न ६१२ जनालाई रोजगार प्रदान

  • फागुन १८, २०७७
  • ३५७ पटक पढिएको
alt

 दिपेन्द्र खत्री फागुन १८ गुल्मी ः जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका अति विपन्न ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्र आर्थिक अबस्था कमजोर भएका ६१२ जनालाई पचास दिनको रोजगार प्रदान गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम मालिका शाखा प्रमुख खेमराज गैरेले जानकारी दिनुभयो । प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई पचास दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको हो। छनोट भएका ६१२ जनालाई सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु वडाले प्रदान गरिएको मालिका गाउँपालिकाले जनाएको छ । ६१२ जनालाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने , सिडि चिन्ने लगायतका कामहरुमा लगाईएको छ । अति बिपन्नहरुलाई पचास दिन बराबरको रोजगारले पनि घरपरिवार चलाउनका लागि सहयोग पुग्ने गैरेले बताए। उनीहरुको दैनिकी ज्याँला ५१७ रहेको र उनिहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...