पश्चिम नवलपरासीको सरावलमा खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न

  • फाल्गुन १७, २०७७
  • १०७ पटक पढिएको
alt

 उर्मिला यादव यात्री फागुन १७ पश्चिम नवलपरासीको सम्मेमाइ युवा क्लब सरावल गाउपालिका वडा नम्बर ४ हात्तीबनको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता आज सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्तराम केवटको अध्यक्षता तथा राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव रमेश पौडेलको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो । बिभिन्न टिमको सहभागिता रहेको प्रतियोगितामा राधाकुमारी क्रिकेट क्लब ठुठीबारी प्रथम , ढोलबजवा क्रिकेट क्लब द्धितिय स्थान हासिल गरेका छन । प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु बिस हजार रुपैया र द्धितिय हुने समुहलाइ नगद रु १० हजार नगद प्रदान गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा बालगोबिन्द चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपाका युवा नेता सुखाडी चौधरी , सुरेश यादव , राष्टिय युवा संघ नवलपरासी जिल्ला सदस्य बिक्रम पौडेल , शिव शक्ति युवा क्लबका सचिव सलिम राइन, जनसेवा युवा क्लबका अध्यक्ष गोपी चन्द्र हरीजन लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमलेश कहारले गर्नु भएको थियो ।
 
 
 

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...