पश्चिम नवलपरासीको सरावलमा खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न

  • फागुन १७, २०७७
  • २३० पटक पढिएको
alt

 उर्मिला यादव यात्री फागुन १७ पश्चिम नवलपरासीको सम्मेमाइ युवा क्लब सरावल गाउपालिका वडा नम्बर ४ हात्तीबनको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता आज सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्तराम केवटको अध्यक्षता तथा राष्टिय युवा संघ नेपालका केन्द्रिय सचिव रमेश पौडेलको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो । बिभिन्न टिमको सहभागिता रहेको प्रतियोगितामा राधाकुमारी क्रिकेट क्लब ठुठीबारी प्रथम , ढोलबजवा क्रिकेट क्लब द्धितिय स्थान हासिल गरेका छन । प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु बिस हजार रुपैया र द्धितिय हुने समुहलाइ नगद रु १० हजार नगद प्रदान गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा बालगोबिन्द चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपाका युवा नेता सुखाडी चौधरी , सुरेश यादव , राष्टिय युवा संघ नवलपरासी जिल्ला सदस्य बिक्रम पौडेल , शिव शक्ति युवा क्लबका सचिव सलिम राइन, जनसेवा युवा क्लबका अध्यक्ष गोपी चन्द्र हरीजन लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कमलेश कहारले गर्नु भएको थियो ।
 
 
 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...