आत्मनिर्भर बनाउन प्रत्येक वडामा हाटबजार संञ्चालन स्थानिय हर्सित

  • फाल्गुन १७, २०७७
  • १८५ पटक पढिएको
alt

 दिपेन्द्र खत्री,१७फागुन ःगुल्मी। गुल्मीको मालिका गाउँपालिकाले प्रत्येक वडामा हाटबजार संचालन गरे संगै स्थानीय कृषकहरुले उत्पादन गरेका उत्पादित बस्तु बिक्रि वितरण गर्न पाउँदा खुशी छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका टोम बहादुर रोका मगर लाई आजभोली भ्याईनभ्याई छ । मगर पछिल्लो समय खेत र बारीमा मौसम अनुसारका फलफूल साथै तरकारी उत्पादन गर्न बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छन। उनले बारीमा विभिन्न जातका तरकारी र फलफूल उत्पादन गरेका छन् । उनीहरुले खेतबारीमा उत्पादन गरेका तरकारी र फलफूललाई बजारीकरणको कुनै समस्या छैन् । उनीहरु आफुले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले संचालन गरेको हाटबजारमा लगेर विक्री गर्दै आएका छन् । घरमा उत्पादन भएका तरकारी तथा फलफूलको आम्दानीले घर खर्च चलाउन सहज भएको बताउँछन् । कृषक मगर भन्छन् ‘गाउँपालिकाले हाटबजारलाई दिर्घकालीन योजना बनाई निरन्तरता दिन सकेमा बिचौलियाबाट कृषक ठगिन पर्ने थिएन ।’ सबै वडामा हाटबजार संचालन हुँदा मालिकाका कृषक उत्तिकै उत्साहित छन् । गाउँपालिकले जिल्लामै पहिलो पटक प्रत्येक वडाम हाटबजार संचालन गरेको हो । कृषि उपजलाई बजारीकरण तथा कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रत्येक वडामा हाटबजार संचालनमा ल्याएको मालिका गाउँपालिकाले जनाएको छ । कृषि तथा पशु जन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुँच सुनिश्चित गर्ने गत मंसिर १४ गतेदेखि गाउँपालिकामा हाटबजार संचालन ल्याएकोे छ । मालिका गाउँपालिकामा आठ वटा वडा रहेका छन् । आफ्नै गाउँमा उत्पादन भएका तरकारी तथा फलफूललाई हाटबजारको माध्यमबाट विक्रीवितरण गर्न पाउँदा मिना बि,क पनि उत्साहित छिन । गाउँपालिकाले संचालन गरेको हाटबजारलाई व्यवस्थित गर्न स्थानीय सरकारसंग उनले माग राखेकी छन् । गाउँपालिकाद्धारा संचालन गरिएका हाटबजारमा स्थानीयस्तरमा उत्पादन भएका मुला, सिन्की ,लोकल कुखुरा, बोका, सुन्तला, भकिम्लो, बेसार, खुसार्नी, बन्दागोभी, फुलगोभी, धनियाँ, स्थानीय उत्पादन हसिँया, भुजेरी, चाल्ना लगायतका सामाग्रीहरु हाटबजार स्टलमा कृषकले ल्याउने गरेका छन।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...