पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

  • फागुन १०, २०७७
  • २८२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

एजेन्सी : गत मेदेखि भारत र चिनियाँ सेना पूर्वी लद्दाख क्षेत्रमा उत्पन्‍न तनाव अन्तत: समाधानको बाटोतर्फ अघि बढेको छ । युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज्‌ (ईएफएसएएस)ले विगत एक वर्षदेखि तनाव उत्पन्‍न भएको पाङ्‌गोङ तालबाट सेनाहरु फिर्ता गर्ने सम्झौता स्वागत योग्य भएको जनाएको छ ।

२०२० मेमा पाङ्‌गोङ तालको उत्तरी किनारमा दुई मुलुकका सेनाबीच ढुंगा हानाहान र झडप भएको थियो । तनाव उत्पन्‍न भएको यो पहिलो संकेत थियो । चीन-भारत छुट्याउने वास्तविक नियन्त्रण रेखा (एलएसी) को हिउँदमा समस्या बढ्दै गएको हो ।

 

गत जुन १५ मा गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो । चीनतर्फ चार जनाको मृत्यु भएको चीन सरकारले स्वीकार गरेको छ । त्यसपछि दुबै मुलुकले एलएसी क्षेत्रमा सुसज्जित हतियारसहित हजारौं सेनाहरु तैनाथ गरेका थिए ।

तर, पटिल्लो समय भएका विभिन्‍न चरणका वार्ताहरुबाट दुबै मुलुक समस्या समाधानका लागि सहमतिमा पुग्‍नु उत्कृष्ट उपलब्धी भएको ईएफएसएएसले जनाएको छ । भारतले २१ औं शताब्दीमा विस्तावरवादी नीतले काम नगर्ने उल्लेख गर्दै वार्ताबाट नै समाधान खोजिनुपर्नेमा जोड दिएको थियो ।

चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नल वू कियानले १० फेब्रुअरीको विज्ञप्ति जारी गर्दै चीन र भारतबीचको ९ औं चरणको कमाण्डर-स्तरीय वार्तामा भएको सहमति अनुसार “चिनियाँ र भारतीय सेना पाङगोङ तालको दक्षिणी र उत्तरी किनारमा फ्रन्टलाइन सेनाले फिर्ता गर्न सुरु गरिएको’ बताएका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो देशको संसदलाई सम्बोधन गर्दै भारत र चीनले चरणबद्ध, समन्वय र प्रमाणित ढंगले पाङगोङ तालबाट सेनाहरु फिर्ता गर्न कामहरु अगाडि बढाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...