परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ?

  • फाल्गुन २, २०७७
  • १२६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं : नेपाललाई धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र कोभिड-१९ खोप उपलब्ध गराउने पहिलो मुलुक बन्‍यो भारत । नेपालको औषधि व्यवस्था विभागले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई मात्रै आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

भारतले नेपाललाई १० लाख डोन खोप सहयोग गरेपछि चीनले पनि तीन लाख डोज खोप प्रदान गर्ने घोषणा गर्‍यो र पछि २ लाख डोज थप गर्ने निर्णय गर्‍यो । चीनले पनि खोप कूटनीतिमा भारतलाई पछ्याइरहेको भए पनि नेपालमा चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप प्रयोगका लागि अनुमति दिइएको छैद्द । चिनियाँ कम्पनीले अनुमति माग गरे पनि आवश्यक डकुमेन्टहरु उपलब्ध गराएको छैन ।

नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा कुनै राजनीतिक संकट आएको अवस्थामा निकै सक्रिय बन्‍ने चीन अहिले खोपको मामिलामा भने शान्त भएको देखिन्छ । यद्यपि चीनले नेपाललाई पाँच लाख डोज खोप दिने आश्वासन भने दिएको छ । तर यो खोप परीक्षणको तथ्यांक उपलब्ध गराउन भने चीनले अस्वीकार गरेको छ । जसकाकारण यस खोपको प्रभावकारिता र सुरक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

पाकिस्तानमा प्रयोग भइरहेको चिनियाँ खोप सिनोभ्याक १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरुलाई मात्रै लगाउन थालिएको छ । तर, यो खोप लगाएका केहीमा गम्भीर असर परेकोसमेत पाइएको छ । पेरुले पनि चिनियाँ कम्पनीले विकास गरेको खोप प्रयोगमा ल्याएको थियो । तर, यसको असर देखिन थालेपछि अहिले प्रतिबन्ध लगाइएको छ ।

एकातिर यस खोपले नकारात्मक असर गरिरहेको छ भने अर्कोतर्फ, चिनियाँ खोप भारतीयभन्दा महँगो छ । चिनियाँ कम्पनीले विकास गरेको एक डोज खोपका लागि १९.३० डलर पर्छ ।

चिनियाँ खोप ७९.३ प्रतिशत प्रभावकारी भएको दाबी गरिए पनि यसको तथ्यांकमा शंका उत्पन्‍न भएको छ । चिनियाँ कम्पनीले आफ्नो परीक्षणको तथ्यांक भने उपलब्ध गराएको छैन ।

बेलायतले पनि नेपाललाई भारतको सीरम इन्स्टिच्युटमा उत्पादन भएको खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरि रुस पनि आफूले विकास गरेको स्पुतनिक भी खोप उपलब्ध गराउने जनाएको छ । तर, नेपालमा प्रयोगका लागि भने यसलाई अनुमति दिइएको छैन ।

नेपालमा प्रयोगका लागि अनुमोदन भएको एक मात्र खोप भारतको सिरम इन्स्टिट्युटले उत्पादन गरेको कोभिसिल्ड खोप हो ।

चीनले आफ्नो खोप प्रभावकारी भएको दाबी गरे पनि आवश्यक परीक्षण जतिजाका तथ्यांकहरु भने उपलब्ध गराएको छैन । उक्त तथ्यांकहरु उपलब्ध नगराउँदा चिनियाँ खोपप्रतिको विश्‍वसनीयतामाथि थप प्रश्‍नहरु उब्जिएका छन् ।

चिनियाँ खोप उपलब्ध गराएपछि उसले नेपालबाट कुनै स्वार्थ चाहन्छ । कोरोना महामारीका समयमा नेपाल पनि चिनियाँ कम्पनीले सिनोफर्मको खोप खरीद गर्न चाहन्छ । यो पनि सत्य हो कि सिनोफर्म कोभिड खोप युएई, बहराइन, पाकिस्तान र इजरायलमा प्रयोग भएको छ तर यसको प्रभावकारिता र सुरक्षामाथि प्रश्न उठेको छ ।

नेपालमा परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई आवश्यक कागजजात उपलब्ध गराउनका लागि पत्र पठाउँदा पनि चीनले भने कुनै डकुमेन्टहरु उपलब्ध गराएको छैन । विभिन्‍न अध्ययनहरुका अनुसार चीनले बनाएको खोपको भण्डारण अरू भन्दा धेरै चुनौतीपूर्ण छ ।

चीनले आफ्नो खोपमार्फत व्यापार गर्न कोशिस गरिरहेको छ र यस कारणले विश्व समुदायले चीनप्रतिस औंला उठाइरहेका छन् । चीनले व्यापार वृद्धि गर्नका लागि पनि चिनियाँ प्रयोगशालामा कोरोना उत्पादन गरेको भन्दै सुरुवाताका दिनमा आलोचनासमेत भएको थियो । चीनले सम्पूर्ण विश्वलाई नै जोखिममा पारेको भन्दै चीन जिम्मेवार हुनुपर्नेसमेत बताइएको थियो ।

चीनले खोप उपलब्ध गराउने घोषणा गरे पनि यो खोप सुरक्षित भएको ग्यारेन्टी नभएसम्म नेपालले प्रयोगमा ल्याउन नहुने विज्ञहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...