नेपाललाई चीनको चेतावनी – कागजात पछि दिइन्छ, सिनोभ्याक खोप तुरुन्त लग्‍नू

  • माघ २३, २०७७
  • १२७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपालमा चिनियाँ आपूर्तिसम्बन्धमा नेपाल सरकारले प्रश्‍न उठाएपछि चीनले कागजात पछि उपलब्ध गराइने र अहिले खोप लैजान चेतावनी दिएको छ । यसअघि नेपाल सरकारले खोप आपूर्ति गर्ने कम्पनीले आवश्यक कागजात उपलब्ध नगराएको भन्दै चिनियाँ दूतावासालाई पत्र पठाएको थियो ।

नेपालमा खोप आपूर्तिका लागि दुईवटा चिनियाँ कम्पनीले अनुमति माग गरेको र प्रक्रिया पूरा नगरेको भन्दै स्पष्ट पार्न दूतावासालाई आग्रह गरिएको थियो । नेपालमा चिनियाँ खोप आपूर्तिका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ ले अनुमतिका लागि आवेदन दिएका हुन् । ती मध्ये खोप आयातका लागि कुन कम्पनी आधिकारिक कम्पनी हो भन्ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘पी एन्ड जी होल्डिङ्स’ ले सिंगापुरको कम्पनी ‘ब्लु स्टोन ग्लोबल टेक्नोलोजी प्राइभेट लिमिटेड’ मार्फत् खोप आपूर्ति गर्ने भन्दै मूल्यसूचीसहित औषधि व्यवस्था विभागमा अनुमति माग गरेको छ । तर, ‘पी एन्ड जी’ ले पनि खोप आपूर्तिका लागि आवश्यक पर्ने कागजातहरु भने उपलब्ध गराएको छैन ।

हालसम्म औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ लाई मात्रै शसर्त आपतकालीन प्रयोग अनुमति दिएको छ । खोप ल्याउनुअघि प्रयोगका लागि उपयुक्त छ कि छैन भनेर अध्ययनपछि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने प्रावधान छ । तर, चिनियाँ खोप प्रयोगका लागि नेपाल सरकारले अनुमति पनि दिएको छैन ।

नेपालस्थिति चिनियाँ दूतावासले नेपालको पत्रको जवाफ चेतावनीपूर्ण भाषमा पठाएको छ । नेपाललाई पठाएको पत्रमा भनिएको छ,”चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड-१९ खोपहरूको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन र पुर्‍याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानुनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।”

अहिले खोप नेपालले नलगे पछि उपलब्ध हुननसक्नेसमेत चिनियाँ दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...