‘उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश’

  • माघ २२, २०७७
  • ४७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले अल्पसंख्यक उइगर र अन्य मुस्लिम समुदायहरुलाई विनाश गर्ने उद्देश्यले लाखौं मानिसहरुलाई हिरासतमा राखेको छ । उक्त हिरासत कन्द्रमा रहेका महिलाहरुलाई सामूहिक बलात्कार गर्ने गरेकोसमेत खुलेको छ ।

चीनको सिन्जियाङसहित हिरासतमा रहेकी एक महिलाले हिरासतमा लाखौं महिला र पुरुष रहेको बताएकी छन् । उनले भनिन्, “पुरुषहरुले मास्क लगाएका हुन्थे । त्यो समयमा कोरोना महामारी सुरु भएको थिएन । उनीहरुले सुट लगाएका हुन्थे प्रहरी पोसाक होइन । मध्यरातमा महिलाहरु सुतेको शिविरमा आउँथे र बलात्कार गरिने महिलाहरुलाई छनोट गर्थे ।”

तुर्सुने जियावुदुनले भनिन्, “महिलालाई करिडोरमा रहेको एक अध्याँरो कोठामा लैजान्थे । त्यहाँ सर्भिलियन्स क्यामेरा छैनन । उनीहरुले कयौं रात मलाई पनि लगेका छन् । यो मेरो जीवनमा कहिल्यै नबिर्सिने दाग हो ।”

यस्तो शब्दहरु उनले आफ्नो मुखबाट बोल्‍नसमेत नचाहेको बताएकी छन् । तुर्सुनेले सिन्जियाङमा रहेको यातना शविरमा नौ महिना बिताइन् । एक स्वतन्त्र अध्ययन टोलीको प्रतिवेदन अनुसार उक्त शिविरमा लाखौं महिला र पुरुषहरु राखिएका छन् ।

तर, चीनले भने उक्त यातना शिविरलाई ‘पुनर्शिक्षा शिविर’को नाम दिएको छ । चीनले उइगर र अन्य अल्पसंख्यक समुदायलाई प्रशिक्षण दिने गरेको बताउँदै आएको छ ।

मानवअधिकारसम्बन्धी काम गर्ने समूहले चीन सरकारले उइगरहरुको धार्मिक र अन्य स्वतन्त्रतालाई ध्वंश पार्न चाहेको बताएका छन् । उइगरमा भइरहेको मानवअधिकारको चरम उल्लंघनलाई संयुक्त राज्य अमेरिका, क्यानडालगायतका मुलुकहरुले नरसंहार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...