‘उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश’

  • माघ २२, २०७७
  • १६७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले अल्पसंख्यक उइगर र अन्य मुस्लिम समुदायहरुलाई विनाश गर्ने उद्देश्यले लाखौं मानिसहरुलाई हिरासतमा राखेको छ । उक्त हिरासत कन्द्रमा रहेका महिलाहरुलाई सामूहिक बलात्कार गर्ने गरेकोसमेत खुलेको छ ।

चीनको सिन्जियाङसहित हिरासतमा रहेकी एक महिलाले हिरासतमा लाखौं महिला र पुरुष रहेको बताएकी छन् । उनले भनिन्, “पुरुषहरुले मास्क लगाएका हुन्थे । त्यो समयमा कोरोना महामारी सुरु भएको थिएन । उनीहरुले सुट लगाएका हुन्थे प्रहरी पोसाक होइन । मध्यरातमा महिलाहरु सुतेको शिविरमा आउँथे र बलात्कार गरिने महिलाहरुलाई छनोट गर्थे ।”

तुर्सुने जियावुदुनले भनिन्, “महिलालाई करिडोरमा रहेको एक अध्याँरो कोठामा लैजान्थे । त्यहाँ सर्भिलियन्स क्यामेरा छैनन । उनीहरुले कयौं रात मलाई पनि लगेका छन् । यो मेरो जीवनमा कहिल्यै नबिर्सिने दाग हो ।”

यस्तो शब्दहरु उनले आफ्नो मुखबाट बोल्‍नसमेत नचाहेको बताएकी छन् । तुर्सुनेले सिन्जियाङमा रहेको यातना शविरमा नौ महिना बिताइन् । एक स्वतन्त्र अध्ययन टोलीको प्रतिवेदन अनुसार उक्त शिविरमा लाखौं महिला र पुरुषहरु राखिएका छन् ।

तर, चीनले भने उक्त यातना शिविरलाई ‘पुनर्शिक्षा शिविर’को नाम दिएको छ । चीनले उइगर र अन्य अल्पसंख्यक समुदायलाई प्रशिक्षण दिने गरेको बताउँदै आएको छ ।

मानवअधिकारसम्बन्धी काम गर्ने समूहले चीन सरकारले उइगरहरुको धार्मिक र अन्य स्वतन्त्रतालाई ध्वंश पार्न चाहेको बताएका छन् । उइगरमा भइरहेको मानवअधिकारको चरम उल्लंघनलाई संयुक्त राज्य अमेरिका, क्यानडालगायतका मुलुकहरुले नरसंहार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...