चीनको अघोषित नाकावन्दी विरुद्ध रसुवामा प्रर्दशन

  • माघ १६, २०७७
  • ५० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । स्थानीय व्यावसायीहरुले चीनको अघोषित नाकावन्दीविरुद्ध प्रदर्शन गरेका छन्। व्यावसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनको क्रममा व्यावसायीहरुले व्यवसायीलाई गरिखान देउ, चीन वारीपारी कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर।
अन्तर्राष्ट्रिय व्यापार कानुनको पालना गर, व्यापार तथा पारवाहन सम्झौता पालना गर, चीनसङ्ग सहज व्यापारको लागि पहल गर सरकार र अघोषित नाकावन्दी अन्त्य गर भन्दै प्लेकार्डसहित नाराबाजी लगाएका थिए।

रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको छ । सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको थियो। साथै अहिले रसुवागढी(केरूङ नाका हुँदै सामान आउन सकेको छैन।

केही दिनअघि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको पछिल्लो रवैया प्रति असन्तुष्टि जनाएका थिए । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनको चर्को आलोचना समेत गरेका थिए।

1
पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ थियो। १०÷१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...