द्विपक्षीय वार्तापछि नेपाल-भारतीबीच ठोरीको विवाद समाधान

  • माघ १४, २०७७
  • ४४० पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाल-भारतबीच ठोरीको विवाद समाधान भएको छ । यसअघि पर्साको ठोरीमा कोभिड-१९ पोर्टकल पालना नगरेको भन्दै पैदल यात्रुलाई भारतीय सीमा क्षेत्रमा प्रवेशमा रोक लगाएपछि स्थानीय र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच जनवरी २१ मा झडप भएको थियो ।

उक्त झडपपछि नेपालका स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । सीमा क्षेत्रमा खटिएका एसएसबीले नेपालीहरुलाई कोभिड-१९ प्रोटोकलको पालना गर्न आग्रह गरेका थिए ।

यससँगै भारतीय पक्षले स्थानीय नेपालीहरुलाई निर्धारित मार्गमात्रै प्रयोग गर्नसमेत आग्रह गरेको थियो । तर, स्थानीय नेपालीहरुले भने भारतीय पक्षले अवरोध सिर्जना गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

नेपालको सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल, स्थानीय र एसएसबीबीचको वार्तापछि समस्या समाधान भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...