नमुना महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा द्वारा एकल महिला रेनु वि क लाई एक वटा कुखुरा र खाध्यान्न उपहार

  • माघ ११, २०७७
  • ९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नमुना महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा द्वारा एकल महिला रेनु वि क लाई एक वटा कुखुरा र खाध्यान्न उपहार दिपेन्द्र खत्री-११ माघ -अर्घाखाँची ।धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारामा गठित नमुना महिला उद्यम समुहका सदस्यहरूले धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा जुम्लादिकी एकल र असाहय रेनुको परिवार लाई एक वटा लोकल पोथि कुखुरा उपहार प्रदान गरेका छन्। भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सदस्य हरूले सामुहिक प्रतिवद्धता गरे वमोजिम सामुहिक रूपमा र व्याक्तीगत रूपमा छिमेकमा आर्थिक अबस्था कमजोर भएको रेनु वि क को परिवार लाई केहि आर्थिक अबस्थामा टेवा मिलोस भन्ने उदेश्यले सोहि उहालाई एक वटा कुखुरा प्रदान गरेका छौ। उहाँलाई हामीले उपहार गरेको कुखुरा लाई उहाँले व्यावस्थित तरिकाले पालेर जस बाट उत्पादन हुने अण्डा र चल्ला बाट उहाँको परिवारलाई समुहमा बचत गर्नको लागी केहि टेवा मिल्न सकोस भनि उहाँलाई कुखुरा उपहार प्रदान गरेको समुहकि सदस्य सिर्जना वि क ले बताउनु भयो। सोहि कार्यक्रममा समुहका सदस्य हरूले व्याक्तिगत रूपमा पनि उपहार प्रदान गरेकाछन्। व्याक्तिगत रूपमा केहि सदस्यले सोहि रेनुको परिवारलाई एक कट्टा आटा एक दर्जन सावुन र जनकल्याण प्रा विमा कक्षा ५ मा अध्यानरत सारदा वि क, कक्षा ४ मा अध्यानरत हरि वि क र कक्षा एकमा अध्यानरत आस्विन वि क लाई एक एक दर्जन कपि र एक एक दर्जन कलम र ६ वटा को दरले सावुन सोहि कार्यक्रममा उपहार गरेको समुहकि सचिव शान्ता वि क ले बताउनु भयो।उहाले भन्नुभयो हामीले तालिमको बेलामा गरेको प्रतिवद्धता लाई सामुहिक र व्याक्तीगत रूपमा उपहार प्रदान कार्य गरेका छौ जुन उपहार असाय र आर्थिक अबस्था कमजोर भएकालाई दिन पाउँदा समुहका दिदि बहिनी निकै खुशी रहेको बताउनु भयो। उपहार ग्रहण गर्दै रेनु वि क ले भन्नुभयो नमुना महिला उद्यम समुहका सबैदिदि बहिनीले आफुलाई केहि सहयोग गर्ने उदेश्यका साथ मलाई कुखुरा र केहि खाद्यान्न सामाग्री उपहार प्रदान र प्रदान गर्नु भएको छ मैले यो उपहारलाई संरक्षण र ब्यावस्थित तरिकाले पालेर यो कुखुरा बाट धेरै भन्दा धेरै कुखुराको संख्या वढाउने योजना बनाएकी छु मेरो जुन अबस्थालाई देखेर मलाई उपहार प्रदान गर्नु भएकोमा नमुना महिला उद्यम समुहलाई धन्यावाद दिनुभएको थियो। साथै सोहि समुहका सदस्यले वातावरण लाई सुधार गर्ने उदेश्यले सरसफाई कार्यलाई पनि सम्पन्न गरेका छन् । सोहि समुहका घरमा घरमा आउने पानिको मुहान र पधेरो वरपरको झाडी र फोहोरलाई सरसफाई गरी स्वच्छ पानि पिउनको लागी सरसफाई कार्यलाई अगाडी बढाएका छौ जसले समुहलाई थप उत्साहित बनाउने समुहका सदस्यले जानकारी गराउनु भयो। नमुना महिला उद्यम समुहकि अध्यक्ष अनिता वि क को अध्यक्षता रहेको कार्यक्रममा समुहका २४ जना सदस्य को उपस्थिती समुहकी उपाअध्यक्ष कमला वि क को स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समुहकि सचिव शान्ता वि क को संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...