नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

  • माघ ११, २०७७
  • १२९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि राष्ट्रिय अभियान नेपाल धर्ना बसेको हो । राष्ट्रिय अभियान नेपालले सीमा क्षेत्रका स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माघ १३ गतेसम्म धर्ना कार्यक्रम गर्ने बताएको छ ।

नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको माग गर्दै धर्ना बसेको अभियानका संयोजक विनय यादवले बताए ।

पटक–पटक माग गर्दा समेत विभागले विवरण नदिएपछि धर्ना बस्न बाध्य भएको उनले बताए । विभागको विवरणले चीनले भुमी मिचेको हो या हैन् ? वास्तविकता के हो भन्ने कुरा सार्वजनीक हुने उनको भनाइ छ ।

नेपाली काँग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ । सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकारले यसप्रति ध्यानै नदिने गरेको सर्वसाधरणको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...