बिष्णुपुर २ मा चोरको बितण्डा,बन्द कोठाको ताल्चा तोडी जिन्सी सहित नगद लाखौ लगियो ।

  • साउन १३, २०७६
  • ७२८ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स दैनिक/बिष्णुपुर ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.२ कौवाहमा चोरी भएको छ ।आइतबार राती करिब बाह्र एक बजेको समयमा आफुहरु घरमै सुतिरहेको बेला आफना घरको ताल्चा तोडेर जिन्सी सहित नगद लाखौ भन्दा बढि चोरले चोरी लगेको पिडित जयकुमार यादवले जनाएको छ ।पिडितका अनुसार आफपुहरु घरका सबै भ्mयाल ढोका बन्द गरी सुतेका थिए ।घरको पछाडी पट्टि देवाल सगैं टाँसिएर रहेको अम्बा र आँपको बोट भइ छतमा चढेर र भ्र्याङ्ग भइ तल रुम सम्म आइ ढोकाको ताल्चा तोडी चोरी गरेको जनाएका छन । घरबाट साडी ८,मोबाइल ३, सर्ट पेन्ट २,टर्च १,पावर बैंक १ पानि पिउने पितलको लोटा १ गरी जम्मा १६ थान जिन्सी समान सहित नगद एक लाख विस हजार चोरी लगेको जनाएका छन ।त्यसतै,सोही राती गाँपालिका बिष्णुपुर वडा दुइमै बस्ने दिपक श्रेष्ठको घर बाट तिन अना सुनको तिलहरी,८ तोला चाँदीको पाउजु,लाभा कम्पनीको मोबाइल १ सहित नगद चार हजार धारीलो खुकुरी देखाउँदै चोरले चोरी गरी लगेको श्रीमति हिरा माया श्रेष्ठले बताइन ।यस्तै चोरी घटना बारम्बार आफना घरमा भैराखेकोले असुरक्षित महसुस भएको समेत उनले बताइन । यस भन्दा पहिले पनि यही गाँउमा मेरो घर सहित जम्मा ११ घरमा सुरुङ्ग खनेर चोरी भएको थियो । १ वर्ष नबित्दै यस्ता घटना दोहरीएका छन ।तर चोर पता लागेन । खोजि कार्य नभएको हो कि चासो नलिएको हो स्थानिय त्रसित छन ।बिष्णुपुर गाउँपालिकामा चोरले बितण्डा नै मचाएका छन ।स्थानियबासीहरुको भनाइ रहेका छन ।उता आफुहरुले जानकारी पाएपछि खोजि कार्यमा तादरुक्ताको साथ लागेको ईलाका प्रहरी बिष्णुपुरका इन्चार्ज दिप नरायन यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...