नेपालमा दुई छिमेकी : भारतले भ्याक्सिन दिँदै गर्दा चीनले नाकाबन्दी लगायो

  • माघ ९, २०७७
  • ५८ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । नेपाल दुई विशाल छिमेकीहरुको बीचको स्वतन्त्र र सार्वभौम मुलुक हो । विश्व महामारीसँग लडिरहेको समयमा नेपाल पनि महामारीविरुद्ध संघर्ष गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि केही समयमा लागि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिए । तर, मुलुकको कमजोर आर्थिक अवस्थाका कारण त्यो प्रतिबन्धात्मक उपाय लामो समय राख्‍न सम्भव थिएन ।

त्यसकारण केही नियमहरु खुकुलो पार्दै छिमेकी मुलुकहरुबाट सामानहरुको आयात भने खुलै राखेको थियो । तर, चीनले भने नेपाल-चीन सीमामा भने अघोषित नाकाबन्दी गर्‍यो । नेपाली व्यापारीले सामग्रीहरु सीमा क्षेत्रमै सडे । नेपालको राजनीतिक मामिलामा हस्तक्षेप बढाएको चीनले सीमा नाका खोल्ने विषयमा भने कुनै पहल गर्न चाहेन ।

चीन सीमामा करोडौंको सामग्रीहरु अलपत्र परेपछि व्यापारीहरु मानसिक तनावमा परे । काठमाडौंका एकजना व्यापारीले आत्महत्यासमेत गरे । उनको सामन हाल पनि नेपाल-चीन सीमामै अलपत्र छ ।

तर, भारत विरोधी राष्ट्रवादीलाई हतियार प्रयोग गर्दै आफ्नो सत्ताको आयु लम्ब्याइरहेका थिए । कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएपछि उनले संसद् विघटनसमेत गरे । भारतको जति विरोध गरे पनि असल छिमेकी भनेको संकटको समयमै काम आउँछ भनेजस्तै महामारीविरुद्ध लडिरहेको भारतले नेपाललाई ठूलो सहयोग गर्दै आएको थियो ।

हाल पनि जनवरी १६ मा देशभर खोप अभियान सुरु गरेको भारतले पाँच दिनभित्रै नेपाललाई समेत उपलब्ध गराएको छ । भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको हो ।

चीनले नेपालका विभिन्‍न चिनियाँ परियोजनामा कार्यरत मजदूरहरुलाई खोप लगाए पनि सोही परियोजनामा कार्यरत नेपालीहरुलाई भने खोप लगाइएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, होङ्सी सिमेन्ट लगायतका कम्पनीमा चिनियाँ मजदूरहरु कार्यरत छन् । उनीहरुले सोही परियोजनामा कार्यरत नेपाली मजदूरहरुको भने बेवास्ता गरेका छन् ।

यद्पि हाल चिनियाँ खोप भने विश्‍वभरका विभिन्‍न मुलुकहरुमा स्वीकार भने गरिएको छैन । चिनियाँ खोप ५० प्रतिशत मात्रै प्रभावकारी भएका कारण यस खोपप्रति विश्‍वसनीयता पनि घट्दै गएको छ । यतिसम्मकी चीनको सदाबहार मित्र टर्की नागरिकले पनि चिनियाँ खोप लगाउन अस्वीकार गरेको अवस्था छ ।

केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । कतिपय सामानहरु नाकाभन्दा टाढा नै अड्किएर व्यवसायी पीडामा परेका छन् । समुन्द्री मार्ग हुँदै सामान आयात गर्नुपर्दा ढुवानी खर्च बढ्न गई नेपाली बजारमा चिनियाँ सामानको मूल्य चुलिएको छ । सरकारले कूटनीतिक पहल गर्दा पनि चीन सकारात्मक बन्न सकेको छैन ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनतर्फ ढल्केको बुझाईका आधारमा नाकामा कडाई गरेको बुझिएको छ । विगतमा पनि चीनले भूकम्पपछि तातोपानी नाका बन्द गरेको थियो । नाका खोलेपनि फेरि कोभिडको कारण जनाउँदै कडाई गरेको छ । जहाँ सामान काम नलाग्ने गरी चिनियाँ क्षेत्रमा बिग्रिएका छन् । यसले सयौंको संख्यामा व्यापारी डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...