प्रहरीद्वारा २४ लाख बढीको अबैध मालसामान नियन्त्रण

  • माघ ८, २०७७
  • २२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय कुशवाहा / नवलपरासी ८ माघ पश्चिम नवलपरासीमा बिभिन्न ठाउँबाट २४ लाख ७१ हजार ७ सय मुल्य बराबरको अबैध मालसामान प्रहरीले बरामद गरेको छ । बिहिवार भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २२५ थान डिजल पिस्टन ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टिसिन चोक स्थितबाट बरामद गरेको हो । उक्त डिजल पिस्टनको प्रतिथान १० हजारका दरले २२५ थानको करिब २२ लाख ५० हजार मुल्य बराबर रहेको छ । त्यसैगरी भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ७६ हजार ७ सय मुल्य बराबरको चिनि, कपडा, चामल, बिस्कुट, सर्फ, तेल लगायतका बिभिन्न मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको हो । त्यस्तै भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको करिब ४ हजार ५ सय मुल्य बराबरको चार कार्टुन र दुई बोरामा अन्दाजी २५० किलो जिउँदो माछा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. १० मन्जरियाबाट बरामद गरेको हो । सो माछा स्थानियहरूको रोहबरमा नष्ट गरिएको हो भने बरामद गरेको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...