सिन्धि समुदायद्धारा अलग देशको माँग,पाकिस्तानभित्र आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमिका लागि संघर्षरत

  • माघ ७, २०७७
  • ४६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : सिन्धु देश जसको शाब्दिक अर्थ हुन्छ सिन्धियाहरुका लागि अलग देश। सिन्धु देश एक विचार हो ।

जसले पाकिस्तानको सिन्ध प्रान्तमा बसेका र विश्वभर फैलिएको सिन्धियाहरुको एक सपना हो । सिन्धी विश्वका अन्य जातीय समुदायजस्तै आफ्ना लागि एक अलग होमल्याण्डको माग गर्दै आएका छन् । जस्तो कुर्दले अलग देशको माग गरिरहेका छन्, यहुदी समुदायका मानिसहरुले इजरायल नामको आफ्नो देश बनाएका छन् । त्यसैगरी सिन्धी पाकिस्तानभित्र एक निश्चित भूभागमा आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमि चाहन्छन् ।

सिन्धु देशको मागको पृष्ठभूमि १९४७ सँग जोडिएको छ । भारतलाई स्वतन्त्रता मिलेपछि सिन्धु क्षेत्र पाकिस्तानमा पर्यो । पाकिस्तानका चार प्रान्तमध्ये एक प्रान्त बन्यो । अलग सिन्धु देशको माग १९६७ बाट सुरु भयो । जतिबेला पाकिस्तान सरकारले यहाँका बासिन्दामाथि उर्दु भाषा लादियो । यहाँका मानिसले यसको विरोध गरे । विरोधले सिन्धी अस्मिताको स्वरुप लियो । यहाँका बासिन्दाले आफ्नो भाषा र संस्कृतिको बचाउन एकजुट भए। यो अभियानमा सिन्धी हिन्दु र मुसलमान दुबै समुदाय सहभागी भए ।

आजतकको रिपोर्टअनुसार बंगलादेशको स्वतन्त्रतापछि सिन्धु देशको मागले तीव्रता लियो । १९७२ मा बंगलादेश पाकिस्तानबाट अलग भएको थियो । पूर्वी बंगालको संघर्षबाट प्रेरणा पाएर सिन्धी राजनेता जीएम सैयदले जिए सिन्ध तहरिक नामको संगठन खोले ।

सिन्धु देशको विचार आफ्ना समर्थक र सिन्धुको स्वतन्त्रतामा सहानुभूति राख्ने मानिसहरुमाझ प्रस्तुत गरे। जीएम सैयद पाकिस्तानका पहिला राजनेता थिए जसले सिन्ध देशको स्वतन्त्रताको माग गरेका थिए । सिन्ध विरुद्धका नीतिहरुको विरोध गरेको भन्दै पाकिस्तानले उनलाई ३० वर्षसम्म जेलमा कैद गर्योस ।

२६ अप्रिल १९९५ मा कराचीमा जेलमै उनको मृत्यु भयो । आइतवार अर्थात १७ जनवरीमा उनै जीएम सैयदको ११७ औ जन्म जयन्ती मनाइयो । पाकिस्तानको सिन्ध प्रान्तको सान कस्बेमा सिन्ध देशको मागको समर्थनमा एक विशाल र्या्ली निकालियो । यो र्याधलीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति, साउदी अरबका राजकुमार सलमानको तस्विर लिएर प्रदर्शन गरे । आफ्नो मुद्दामा विश्वको ध्यान खिच्न खोजे ।

मोदी सहितका नेताहरुको तस्विर हातमा लिएर उनीहरुले विश्वभरका नेताहरुको समर्थन पनि मागेका छन् । यहाँका सिन्धियाहरुले पाकिस्तानमा आफूहरुको पहिचान सुरक्षित नभएको बताउँदै आएका छन् । पाकिस्तानले उनीहरुलाई प्राकृतिक स्रोतको प्रयोग गरेर साधन मात्र बनाएको छ ।

सिन्धबाट एकमात्र राजनीतिक परिवार भुट्टो परिवारले पाकिस्तानको सत्तामा राज गरेको छ । बेनजीर भुट्टो सत्तामा हुँदा भने यो आन्दोलन दबाइएको थियो । भुट्टोको मृत्युपछि भने अभियान बढ्दो छ ।

सिन्धु देशका समर्थकहरुको तर्क छ कि सिन्धु क्षेत्र सिन्धु घाटी सभ्यताको केन्द्र हो । यसमा अंग्रेजहरुले अवैध कब्जा गरेर १९४७ मा पाकिस्तानलाई सुम्पिए । जहाँ आफूहरुमाथि निर्मम अत्याचार भइरहेको उनीहरुको गुनासो छ ।

सिन्धु देशका लागि प्रस्तावित क्षेत्र सिन्धु प्रान्तको हो । अलग सिन्धु देशको लागि पाकिस्तानमा कैयौ पार्टीहरु प्रत्यक्ष र परोक्ष रुपमा सक्रिय छन् । यसमा जिए सिन्ध महाज पार्टी, जिए सिन्ध मत्ताहिदा महाज, जिए सिन्ध स्टुडेन्ट फेडरेशन, सिन्ध नेशनल मुभमेन्ट पार्टी सहभागी छन् ।

अर्कोतिर पाकिस्तानले सिन्धु देशको अभियान दबाउन हरप्रयास गर्यो । यसमा आईएसआईको कुख्यात तरिका मानिसहरुलाई अपहरण गरेर गायब गर्ने र त्यसपछाडि उनीहरुको हत्या गरिँदै आएको छ । उनीहरुको आजाव दबाउनका लागि पाकिस्तानी हुकुमत उनीहरुमाथि लाद्न बाध्य पारिँदै आएको छ ।

पाकिस्तानी सेनाले पनि अत्याचार गर्दै आएको छ । उनीहरुको मानवअधिकारको कुनै मूल्य छैन । कसैलाई कहिले मारिन्छ थाहा छैन । कहिले रातारात गायब गरिन्छ । तर लेखाजोखा कसैले गर्दैन ।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...