कोभिड नियन्त्रण अभियान स्कुल–स्कुलमा

  • माघ ६, २०७७
  • ९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

माघ ६, कपिलबस्तु । सुरेश कुमार पांडेय कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ । कपिलबस्तुका दक्षिणी क्षेत्रका बिद्यालयहरुमा बिशेष गरि गरिब, असहाय, दलित, मुस्लिम समुदायका बिद्यार्थीहरुलाई मास्क बितरण गरिएको हो । अभियानकै क्रममा मंगलबार कपिलबस्तु नगरपालिका वडा नम्बर २, बर्दहवा स्थित श्री गौतमबुद्ध प्राथमिक बिद्यालयमा लक्षित बालबालिकालाई ५ सय थान मास्क बितरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मुक्तार अहमद खांको अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक सुजाता सुवालको संचालनमा भएको कार्यक्रममा उक्त सामग्री बितरण गरिएको हो । लुम्बिनी बिकास कोषका कार्यकारी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अन्र्तगत उक्त मास्क बिद्यालयमा हस्तान्तरण गरिएको हो । जोखिमकै बिचमा बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको स्वास्थ्य संकट झन् बढ्दै जाने संभावनालाई न्यूनिकरण गर्ने अभिप्रायले बिद्यालयमा कोभिड नियन्त्रण सामग्री बितरण गरिएको कार्यक्रमका संयोजक ज्ञवालीले बताउनुभएको छ । उहाले अन्य बिद्यालयमा समेत कोभिड भाइरस नियन्त्रण सामग्री बितरण गरिने अभियान जारी रहने समेत जानकारी दिनुभयो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष खांले बिद्यालयमा नियमित सहयोग उपलब्ध गराइएको प्रति कार्यक्रम आयोजकलाई आभार प्रकट गर्नुभयो । शिक्षा र समाजसेवाप्रतिको लगाव आयोजकपक्षको अझै बढ्दै जानुपर्नेमा समेत उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...