पाकिस्तानविरुद्ध काश्‍मीरमा बृहत प्रदर्शन, पाकिस्तानको अधिनमा काश्‍मीर हुननसक्ने माग

  • माघ ६, २०७७
  • १६७५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं । पाकिस्तानविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको छ । पाकिस्तान सरकारले गरेको मानवअधिकार उल्लंघन र गलत व्यवहार र कुशासनविरुद्ध पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत प्रदर्शन गरिएको हो ।

पाकिस्तानले सरकारले एकाएक महँगी बढाएको, भ्रष्टाचार गरेको र नागरिकहरुलाई अनावश्यक पक्राउ गर्ने र आन्दोलन दबाउन खोजेको भन्दै मंगलबार बृहत प्रदर्शन गरिएको हो ।

गत एक महिनादेखि पाकिस्तानमा सरकारको कुशासनविरुद्ध प्रदर्शन गरे पनि पाकिस्तानी सेना र आईएसआईका प्रतिनिधिहरुले नेतृत्व गरिरहेको सरकारले आन्दोलनलाई दबाउने काम गरिरहेको थियो ।

आफ्ना माग पूरा गर्नुपर्ने भन्दै गरिएका शान्तिपूर्ण आन्दोलनहरु दबाउन खोजेपछि थप आन्दोलनहरु चर्किएका हुन् । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गर्नुका साथै पुलहरुसमेत भत्काएका छन् । उनीहरुले काश्‍मीर पाकिस्तानको नभएको र आगामी हुन नसक्नेसमेत बताएका छन् ।

केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा समेत लिएको छ । यसअघि जनवरी १३ मा पनि काश्‍मीरमा बृहत प्रदर्शन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...