चिनियाँ राजदूत रास्ट्रपति कार्यालय छिरेपछी..

  • माघ ३, २०७७
  • २५९३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : चिनियाँ राजदूत होउ यान्छीले मर्यादा क्रम मिच्दै फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन। आज साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

भेटमा उनले नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको समेत बुझिएको छ ।

साँझ साँढे ५ बजे शितलनिवासमा प्रवेश गरेकी यान्छी ८ बजेपछी मात्र निस्किइन । पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा बिघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता ह्वात्तै बढेको देखिन्छ जसले चिनियाँ हस्तक्षेप ठाडै भएको भान हुनथालेको छ।

संसद पुनःस्थापना भए नेकपा मिल्ने सम्भावना भएको निर्क्यौल निकाल्दै सोही अनुसार चिनियाँ रणनीति बनेको बुझिएको छ ।

उता निर्वाचन आयोगले चाँडै नै सुर्य चिन्ह र नेकपाको वैधानिकता कुन समुहलाई दिने बारे निर्णय दिनु पर्नेछ। राजदूत यान्छी ओलि समुहले सुॠ चिन्ह पाउने हो कि भनी पनि चिन्तित रहेको पाइएको छ। ओली समुहले सुर्य चिन्ह नपाओस भने पनि यान्छीले अदालतले आज संसद बिघटनसम्बन्धी बृहत पूर्ण इजलाश नगई भई संवैधानिक इजलाशमै सुनुवाई हुने परमादेश पनि आज जारी भएको छ । यससँगै चिनियाँ राजदूत यान्छी अदालतको फैसलामा दखल दिन सकिन्छ कि भनी अन्तिम कसरतस्वरूप फेरि सक्रिय भएकी जानकारहरू बताउछन् ।

नेपाली राजनीतिमा खुल्लेआम सक्रिय देखाईरहेको चीनले कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली पठाएको थियो । उक्त टोलीले नेकपा मिलाउन पहल गरेको थियो । चीनबाट गोप्य रुपमा तीन सदस्यीय टोली सडकमार्ग हुँदै छिरेको थियो । चिनियाँ टोली नेकपा मिलाउने उपायसहित भित्री रुपमा निकै सक्रिय भइरहेको छ 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...