आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

  • पुस २६, २०७७
  • १६३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडाैँ । आफ्नै गृहजिल्लामा कृषी मन्त्री पद्मा अर्याललाई कालोझण्डा देखाइएकाे छ।

नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् ।

मन्त्री अर्याललाई कालोझण्डा देखाउँदै सरकारविरूद्द चर्काे नाराबाजी लगाएका थिए।

सो क्रममा मन्त्री अर्याल मुल बाटोको विरोधसभालाई छल्दै भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा पुगेकी थिइन्। कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...