के उपेन्द्र यादव चिनियाँ एजेन्ट हुन् ?

  • पुस २५, २०७७
  • १२३५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाण्डौं : चिनियाँहरुले नेपाली समाजका विभिन्‍न क्षेत्रमा आफ्ना एजेन्टहरु बनाउन सक्रिय रहँदै आएको हामी सबैलाई थाहा छ । चिनियाँहरुले नेपाललाई अस्थिर तुल्याउन आफ्नो अवैध गतिविधिहरु सञ्‍चालन गर्नका लागि एजेन्टहरुलाई एक ठाउँमा भेला गर्ने योजना बनाइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका केही प्रमुख राजनीतिज्ञहरू चिनियाँहरूसँग निकट सम्बन्ध भएको भन्‍ने आमरुपमा थाहा भए पनि मधेशमा भने चिनियाँ एजेन्ट को हो भन्‍ने थाहा हुन सकेको थिएन ।

पछिल्लो समय नेपालमा चिनियाँ एजेन्टहरुको सूचीमा नयाँ नाम थपिएको छ । जो हुन्, उपेन्द्र यादव । जनता समाजवादी पार्टीका विश्‍वसनीय स्रोतका अनुसार उपेन्द्र यादवले चिनियाँ दूतावासका अधिकारीहरूलाई नेपालको विभिन्‍न ठाउँमा गोप्यरुपमा भेट गर्दै आएका छन् । तानाशाही र रहस्यमय व्यवहार भएका उपेन्द्र यादव पछिल्लो समय २९ डिसेम्बरमा जनता समाजवादी पार्टीको कार्यक्रममा भैरहवा पुगेका थिए ।

उनी भैरहवा गएको समयमा होटल मौरजमा बसेका थिए । यो सम्मेलन जनता समाजवादी पार्टीको युवा सम्मेलन थिएन, उनको साबिकै पार्टी समाजवादी पार्टीको सम्मेलन थियो । उनको भ्रमणको वास्तविक उद्देश्य भनेको चिनियाँ पैसा संकलन गर्नु थियो ता कि जनता समाजवादी पार्टीका लागि सडक आन्दोलन गर्न सकियोस् । उक्त रकम उपेन्द्र यादवले भ्रष्ट र अनैतिक तरिकाबाट संकलन गरिदै छ।

उनी निकट एक नेताका अनुसार उपेन्द्र यादवले भैरहवामा सडकमा शान्ति कायम गर्नका लागि चिनियाँ एजेन्टबाट ठूलो रकम प्राप्त गरको पाइएको छ । नेपाल सरकारका सम्बन्धित निकायहरुले उपेन्द्र यादवका गतिविधिहरुमा निगरानी बढाएको समेत पाइएको छ । गौर हत्याकाण्डमा उपेन्द्र यादवको हात रहेको विषयमा नेपाली समाजलाई पहिलेदेखि राम्रोसँग थाहा छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...