सप्तरीमा आज बिहान मेघगर्जनसँगै वर्षासहित परेको चट्याङ्मा दुई जनाको मृत्यु

  • साउन ७, २०७६
  • ३६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सप्तरीमा आज बिहान मेघगर्जनसँगै वर्षासहित परेको चट्याङ्मा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका ११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर मृत्यु भएको हो । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पु¥याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...