नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

  • साउन ७, २०७६
  • ४३१ पटक पढिएको
  • रोयाण्टर मण्डल
alt

सुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिवस मनाएको छ ।

आर्दर्शवादी नेता वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादन नै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका सहभागि कांग्रेसका नेताहरुले बताएका छन् ।


विपीको यो समाजवादी बिचार वाचन गर्दै प्रारम्भ गरिएको कार्यक्रममा जिल्ला सदस्य राम नरायण यादव, क्षेत्रीय सदस्य भागवत साह, युवा नेता श्रीदेब कुमार साह , श्याम यादब र विपि भुवन यादब लगायतको वक्ताहरुले कांग्रेसले आफ्ना मुल्य र मान्यता बिर्सेको कारण धेरै पटक ठक्कर खानु परेकोमा आक्रोस समेत पोखेका छन ।


नेपाली कांग्रेसले अख्तियार गरेका मूल्य र मान्यताहरुसँगै देशकाल परिस्थिति र सर्वसाधारण समर्थकको भावना र चाहना प्रतिविम्बित हुने गरी कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने क्षेत्रीय सभापति राम चन्द्र यादवले बताए । उनले विपीको बिचारलाई आत्मसातगरेर पार्टी विस्तार गर्नुपर्ने जोडदिए ।


नेपाली कांग्रेसका सिरहा क्षेत्र नम्बर २ का सभापति राम चन्द्र यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विपिको विचार र विपिको सिदान्तबारे नेपाली कांग्रेसका युवा नेता विपि भुवन यादवले उद्घोषण गर्दै प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...