उपाध्यक्ष क्षेत्रीद्वारा शिवालय मन्दिरको उद्घाटन

  • पुस १४, २०७७
  • २४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

दिपेन्द्र खत्री-१३ पुस अर्घाखाँची । प्रदेश ५ काे पहाडी जिल्ला अर्घाखाँची काे मालारानी गाँउपालिका वडा नः२ पटैाटि बेत्थलामा शिवालय मन्दिर निर्माण भएको छ । मालारानी गाउँपालीका वडा नः२ काे २,००००० (दुई लाख) रुपैयाँ र स्थानीयको चन्दासंकलनबाट निर्माण भएको मन्दिरको समबार एक समारोहबिच उदघाटन गरिएको हाे।

सो क्षेत्रमा आकर्षक मन्दिरको रुपमा निर्माण गरिएको शिवालय मन्दिरको मालारानी गाउँपालीकाका उपाध्यक्ष प्रमिला क्षेत्री ले उदघाटन गरेकी हुन् । मन्दिर उदघाटन गर्दै उपाध्यक्ष क्षेत्रीले जनताको चाहना अनुसार गाउँपालिकाको बजेटमा मन्दिर निर्माण गरिएको बताईन । उनले आफ्नो धर्मसंकृतिको संरक्षणसंगै अन्य धर्मावलम्बीको धर्मस्कृतिलाई सम्मान गर्नुपर्ने समेत बताईन। उपाध्यक्ष क्षेत्रीले आगामी दिनमा जनताकै चाहना अनुसार विकासको कामहरुलाई गति दिने समेत प्रतिवद्धता व्यक्त गरेकि छन् ।जुन कार्यक्रममा वृद्ध अामा बुबालाई सम्मान र चन्दादाँता हरुलाई प्रमाणपत्र दिईएकाे थियाे।

शिवालय मन्दिर व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक प्रितम ब.पछाई काे अध्यक्षतामा संचालन भएकाे कार्यक्रम शिक्षक तथा समाजसेवी कमल पछाईले संचालन गर्नु भएकाे थियाे,जस्मा श्रि प्रगतिशील महिला समुहको स्वागत गित रहेकाे थियाे,भने शिक्षक प्रेमबहादुर पछाईले मन्दिर खर्च बिवरण सार्वजनिक गर्नु भएकाे थियाे।

उक्त कार्यक्रममा मालारानी गाउँपालीका वडा नः २ वडा अध्यक्ष विस्णु प्रसाद भुसाल (विनाेद),जनप्रतिनिधि ,बिभिन्न राजनीति दलका प्रतिनिधि ,शिक्षक,समाजका बिबेकशिल व्यक्ति,अामा समुह,बाउ समूह,समाजसेवी,पत्रकार काे उपस्थित रहेकाे थियाे,कोरोना महामारीको संक्रमण फैलिएकोले सबैले सरसफाई, मास्क, सेनिटाइजरको प्रयोग र समाजिक दुरी मेन्टन गरि उद्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...