परिस्थितिले दिएको जिम्मेवारीबाट सबैलाई समेट्ने बिकासको दियो बन्न सकोस् ः गोबिन्द चौलागांई

  • पुस १०, २०७७
  • ३३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विधि र पद्धति प्रत्येक नागरिकका सिढी हुन।नेपालका सबै कम्युनिस्टलाई एकताको सूत्रबद्ध गर्ने मियो नै बिधि र पद्धति नै हो।

आम जनताको मात्रै होइन कार्यकर्ता लाई न्यायोचित ब्यबस्थापन गरौ ।पार्टीमा लागेर बलिदान दिने देखी पार्टी मै जिवनभर ब्यतितगर्नेहरूका बारेमा पनि सोचौ जनभावना बुझौं काम गर्ने कुलमान घिषिङ प्रवृत्तिलाइ प्रोत्साहित गरौ भन्दा बैठक नराख्ने राखेपनी उपस्थिति नजनाउने एक अध्यक्षका कारण पार्टी जोगाउनका निम्ति पनि अर्को अध्यक्षलाई साथ दिदै नयाँ अभियानबाट अगाडि बढ्दै हुनुहुन्छ ।

जस्तोसुकै आधी वा तुफान आओस् जे जस्ता प्रायोजित जाल्झेलको मन्चन भैरहोस ।

बिधि र पद्धतिसगैको मर्म जोगाउन लागी पर्नु भएका पुर्ब प्रधानमन्त्री माधबकुमार नेपाल को अभियानलाई ४४६ केन्द्रिय कमिटी मद्द्ये ३४४ जना ले पुर्ण रुपमा साथ दिएका छन।यो बिधि र पद्धति प्रतिको न्याय पनि हो।

विगत १५ वर्ष पार्टीको नेतृत्व गर्दा समेत बिधि र पद्धतिलाई कहिल्यै चर्कन समेत दिनुभएन तर पछिल्लो पटक पार्टी एकीकरणपछि बिधि सम्मत ढ्ङले संचालन गरौ भन्दा नेता नेपालले गौढागौढा मा अपमानका बीस पिएर पनि देश ,जनता अनि पार्टी कार्यकताको भावनामा ठेस नपुगोस भनी पलपल बिधि सम्मत डोरीलाई छोडनु भएन।

अन्ततः

नेता नेपाल साडे प्रवृत्तिका अगाडि पार्टी जोगाउनका निम्ति पनि अग्रसर हुनुभएको छ।

सबैपक्ष लाई मिलाएर देश जनताको भावनालाई सधै कदर गर्ने कुशल संगठक निष्ठालाई आफनै व्यबहार बाट पुष्टि गराउने मात्र कम्युनिस्ट हुन सक्छन् भन्ने मान्यतामा सतिसाल झैँ अडिक रहने पुर्ब प्रधानमन्त्री नेपालले पद र प्रतिष्ठालाई भन्दा असल कर्म नै ठुलो हो भन्दै गर्दा चौतर्फी चुनौती बीच काधमा पुन कार्यभार आइपरेको छ।

देश बनाउने कुरामा आफ्नो दलमात्र होइन त्यो भन्दा बाहिर निक्लेर विपक्षी दल लाई समेत बिश्वास लिए मात्र जनता बीच गरेका वाचा पुराहुन्छ्न । पार्टीले लिएको प्रमुख लक्ष्य पूरा हुन्छ भन्ने मान्यता राख्ने पार्टीका शिखर पुरुष तपाईंको अबको यात्रा गुटको होइन आज बाटो बिराएकाहरुलाइ समेत समेट्दै देश र जनताकालागी बिकासको दियो बन्न सकोस् शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...