प्रहरीद्वारा मोटरसाइकल सहित २ लाख भन्दा बढीको मालसामान नियन्त्रण

  • पुस ९, २०७७
  • १९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 संजय कुशवाहा / नवलपरासी ९ पुस पश्चिम नवलपरासीको विभिन्न ठाउँहरूबाट अबैध सामना अोसार पसारमा संलग्नमा १ मोटरसाइकल सहित २ लाख १० हजार ४ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो रामग्राम नगरपालिका वडा नं .५ वाईपास चोकबाट करिब ९१ हजार ४ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको चिनी, प्याज, खुर्सनी, कपडाको पर्दा, अल्मुनियम चिम्टा, हुक, वल्व वाईपास चोकमा वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । यसैगरी नेपालबाट भारत तर्फ अवैध रूपमा लैजादै गरेको करिब ४५ हजार मुल्य बराबरको २ बोरामा १ सय किलो सुपारी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा न .१ रमपुरवाबाट नियन्त्रण गरेको हो । यसैगरी भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको करिब २४ हजार मुल्य बराबरको २ वटा खसी र ५० हजार बराबरको नम्बर प्लेट नहालेको मोटरसाईकल नियन्त्रण गरेको छ । खसी मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी र मोटरसाईकल छाडी मानिस भागेका थिए । सरावल गाउँपालिका वडा न. ७ भुजहावा स्थितबाट मोटरसाइकल सहित खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा सामान आवस्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...