राजनीतिमा शिक्षित युवाहरुलाई अवसर दिइयोस : युवा नेता गोइत

  • पुस ४, २०७७
  • ४३३ पटक पढिएको
  • Pradesh Times
alt

अहिलेको युगमा विज्ञानले दिन प्रति दिन परिवर्तन गर्दै गईरहेको छ । परिवर्तन हुँदै गईरहेको यस युगमा शिक्षा बिना केही कल्पना गर्नु न्यायसंगत नहोला । देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ । तर शिक्षामा भने राजनीति गर्नु आवश्यक छैन, राजनीतिमा शिक्षा आवश्यक छ । तर हाम्रो देशमा उल्टै छ शिक्षामै राजनीति हुन्छ । सबै चाहन्छन् जीवन सुखी शान्तिबाट भरिएको होस । यद्यपि यो तब मात्रै सम्भव हुनेछ जब शिक्षाको ज्योती ग्रहण हुन्छ । केही राम्रो गर्नलाई शिक्षित व्यक्तिलाई अवसर दिनु पर्छ । हामीलाई थाहा नै छ हाम्रो देशको वर्तमान अवस्था कस्तो छ । देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ । । अहिलेको वर्तमान अवस्था हेर्ने हो भने हामी बुझ्न् सक्छौ हाम्रो युवा शक्ति कहाँ छ । किन सबै मौन छन् त ? के शिक्षित मान्छे हाम्रो देशलाई चाहदैनन् ? किन जान्छन् लाखौं युवा विदेश ? के हाम्रो देसमा रोजगार छैन ? तर हाम्रो देशका सम्बन्धित निकायका मान्छेले कुनै चासो राखिरहेको छैन । १००० को लुगा लगाएको शिक्षित मान्छे विदेश जान्छ र ५००० को कोट लगाएको न पढेको व्यक्ति यहाँ राजनीति गर्छन । अनि कसरी हुन्छ त हाम्रो देश विकास ? यो कुरा एक चोटि सबैलाई सोच्नै पर्छ । हामीलाई राम्रोसंग थाहा छ राजनीतिले देखेको सपना शिक्षाले पूरा गर्छ, शिक्षा र राजनीति एक अर्काको परिपुरक विषय हुन । यो कुरा मनन गरेर विकास तर्फ लाग्नु पर्छ र पढेलेखेको शिक्षित युवालाई अवसर दिनु पर्छ अनि मात्र देशको विकास सम्भव छ।।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...