सीडीएस रावतले भने – नेपाल-भारत सम्बन्ध हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो छ

  • पुस ३, २०७७
  • ५४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

नयाँ दिल्ली : भारतीय चिफ अफ डिफेन्स जनरल विपिन रावतले नेपाल-भारत कति मजबुत छ भन्‍ने अभिव्यक्त गर्न दुई छिमेकीबीचको सम्बन्ध हिमालय जित उँचो र हिन्द महासागर जित गहिरो रहेको बताएका छन् ।

त्यसैगरी उनले चीनलाई नेपालसँग सतर्क रहनका लागि पनि सुझाव दिएका छन् । उनले भने, “नेपालकासँग भारतीय सद्‌भावना कुनै पनि तरिकाले नयाँ होइन ।” उनले नेपाललाई अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्ररुपमा काम गर्नसक्ने बताएका छन् ।

उनले नेपाललाई श्रीलंकासहितका अन्य मुलुकबाट सिकेर स्वतन्त्र हुनसमेत सुझाव दिएका छन् । उनले भने, “नेपालले अन्य मुलुकबाट सिक्न आवश्यक छ । भारत-नेपालबीच हिमालय जति उँचो र हिन्द महासागर जति गहिरो सम्बन्ध छ ।”

चीनको नाम नलिएरै उनले मुलुकको अर्कोतर्फका मुलुकसँग हुने सम्झौताका विषयमा काठमाडौंमा सतर्क हुन र सम्झौतामा हस्ताक्षर गर्दा सोचेर गर्न पनि सुझाएका छन् ।

लगानीको विषयमा कुरा गर्दै जनरल रावतले विदेशी प्रत्यक्ष लगानीको कुरा गर्दा नेपालको कुल विदेशी लगानीको ३० प्रतिशत भारतको रहेको बताए । नेपालमा विभिन्‍न क्षेत्रमा १५० भन्दा बढी भेन्चरहरु सञ्‍चालन गरिरहेको छ । उनले भने, “म्यानुफ्याचरिङ, सर्भिसेज्, बिमा, शिक्षा, टेलिकम, विद्युतीय क्षेत्र र पर्यटन उद्योगमा भारतले ठूलो लगानी गर्दै आइरहेको छ ।”

दुई मुलुकबीचको महत्वलाई दर्साउँदै थपे, “नेपाल-भारतबीच अद्वितीय सम्बन्ध छ । दुबै मुलुकबीच पवित्र र मजबुत सम्बन्ध छ ।”

सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोपरेसन एण्ड इन्गेजमेन्टले संयुक्तरुपमा आयोजना गरेको एक वेविनारलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । नेपालले सन् १९५० को सन्धी संशोधनको विषय उठाइरहेको समयमा रावतले भने सो सन्धि दुई देशको सम्बन्धको विशेष आधार भएको समेत बताए ।

उनले सन् १९५० को सन्धीले नेपालीलाई धेरै फाइदा भएको समेत बताए । उनले भने, “यो सन्धिको प्राबधान अनुसार भारतमा नेपाली नागरिकले भारतीय नागरिक सरह सुविधा लिइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...