लगडी गदियानी–जमदह सडक शिल्यानाश

  • मंसिर २९, २०७७
  • १६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २९ मंसिर ,सिरहा। भौतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङले सिरहाको लगडीगदियानी–जमदह सडक खण्डको शिल्यानाश गरेको छ । जिल्लाको दक्षिणी–उत्तर जोड्ने सडक खण्डमध्ये यो सडकको सिरहा नगरपालिका २२ लगडीगदियानी र गोलबजारमा अलग अलग कार्यक्रमवीच शिल्यानाश गरेको हो । शिल्यानाश कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश २ का साँसद प्रमोद कुमार यादव लगायत सहभागी थिए । उत्तर दक्षिण सडक अन्र्तगत यो सडकको २७ किलोमीटर कालोपत्रे ९१ करोड २९ लाख ७९ हजार ६० रुपैयाँमा गरिने छ । लगडी गदियानीमा आयोजित शिल्यानाश कार्यक्रममा मन्त्री सहितको टोलीलाई सिरहा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत बलिराम यादवले दोसल्ला र गम्छा ओढाएर सम्मान गरेका थिए भने सिरहा नगरपालिका मेयर अशेश्वर प्रसाद यादव, वडा नम्बर ११ का वडाअध्यक्ष विनोद कुमार कामतीले सिरहा नगरपालिका ११ भलुवाही चौकमा फूलमाला, गुलदस्ता लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...